गीत: By, गोपाल प्रधान


गीत: मेरो वेहोशी:

पधेंरोको चिसो पानी,पिउन मलाई दिएन,
परदेशीको कर्म मेरो,जीवन जिउन सकेन।

साउनको बर्षा भारी,रूझ्न मलाई दिएन,
मरभुमिको मर्म मेरो,एक्लैं भन्न मिलेन।

गाउँलेको खुशी तारी,रोक्ने मलाई भएन,
पाखा पर्वत हरियाली,मैले बिर्सन सकेन।

शीतल चचंल छहारी,ओर्लेर मलाई छोएन,
पाकेका धानका बाली,काटेर राख्न सकेन।

अन्धेंरो कथा कहानी,पडेर मलाई बिझाएन,
 यादका फूलथुगाँ टिपी,थुन्चें भरन जानेन।

निर्मल कोमल पिरती,छुटेर मलाई सताएन,
चोखो मायाको स्मृती,सम्झेर आँशु छुटेन।

गोपाल प्रधान

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com