पाँच बर्षे बालिकालाई बलात्कार गर्ने जेल I

 खोटांग श्रावन ५,

स्थानीय पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने खोटाङका एक युवकलाई कारागार चलान गरिएको छ । मकै बारीमा लगेर बलात्कार गरेको आरोपमा गत असार ९ गते पक्राउ परेका डाँडागाउँ–१ का २५ वर्षीय किशोर भुजेल कारागार चलान भएका हुन् । 

जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएका भुजेललाई अदालतको आदेशमा आइतबार जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । घरका अभिभावक खेतमा काम गर्न गएको मौका पारेर असार ७ गते बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा परेको उजुरी परेको थियो । उजुरीपछि भुजेललाई प्रहरी कार्यालय छितापोखरीबाट गएको प्रहरीको टोलीले पक्राउ गरेको थियो । 

भुजेलले मादक पदार्थले मातेर बालिका बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा उपचार गरिएका बालिकाको स्वास्थ्यमा सुधार आएपछि घर पठाइएको जिप्रका खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक यादव गौतमले बताउनुभयो । बलात्कृत बालिकालाई महिला तथा बालबालिका कार्यालय खोटाङले राहतस्वरुप रु पाँच हजार आर्थिक सहयोग गरेको छ । Source-NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com