चापागाउँ (ललितपुर) श्रावन ५,
स्वास्थ्य संस्थामा काम गर्ने करार स्वास्थ्यकर्मीकोे म्याद थपमा आएको समस्याका कारण ललितपुरको दक्षिणी भेगमा स्वास्थ्य संस्थाहरू बन्द हुँदा त्यसबाट पाउने सेवा प्रभावित भएको छ ।
स्वास्थ्यकर्मीको करार नवीकरण नहुँदा यस्तो समस्या आएको आश्राङस्थित स्वास्थ्य चौकीका अहेव राजु गौतमले बताए । संस्था बन्दका कारण त्यस क्षेत्रका नागरिक सेवाबाट वञ्चित हुनुपरेको गौतमले बताए ।
करार अवधिको नवीकरणका लागि ललितपुरको विभिन्न संस्थामा काम गर्ने ५८ जना स्वास्थ्यकर्मीले आज जिल्ला जनस्वास्थ्य कार्यालयअगाडि धर्ना दिएका थिए ।
करार म्याद थपमा आएको समस्याले ललितपुरमा आश्राङ, ठूलादुर्लुङ, प्युटार, कालेश्वर, चन्दनपुर, गोटीखेल, इकुडोल लगायतका गाविसमा रहेका स्वास्थ्य चौकी एवम् उपस्वास्थ्य चौकी यही साउन १ गतेदेखि सेवाविहीन बनेका छन् ।
प्युटारस्थित संस्थाका अनमी सरस्वती तिमल्सिनाले संस्था बन्दका कारण ग्रामीण क्षेत्रका मानिस सेवा पाउनबाट वञ्चित रहेको बताए ।

धर्नामा बसेका स्वास्थ्यकर्मीसँग कुरा गर्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले करारमा रहेका स्वास्थ्यकर्मीको म्याद थप नगर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय भएको जानकारी गराए । रासस: