गजल : By, सोम कृष्ण श्रेष्ठ


गजल : By, सोम कृष्ण श्रेष्ठ

खबरदार ढुकुरको गुँड बन्ला सम्विधान
बनाउनेछु राम्रो भन्दा उँट बन्ला सम्विधान

हातीआयो हातीआयो फुस्सा भने जस्तै होला
बिचार पुर्याउ बेकामको भुस बन्ला सम्विधान

जस्तो लेखे पनि लेख निमुखाको हित्मा लेख
फेरि भोलि अन्यायमा चुप बन्ला सम्विधान

सदा जन जिब्रोमा नै रसि राख्नु पर्ने हुन्छ
ख्याल गर अमिलो त्यो चुक बन्ला सम्बिधान

युगौं युग पुजा गर्ने द्यौता बन्नु पर्छ, तर
जन्ताहरू तर्सिने त्यो भुत बन्ला सम्बिधान

खबरदार ढुकुरको गुँड बन्ला सम्विधान
बनाउनेछु राम्रो भन्दा उँट बन्ला सम्विधान

सोम कृष्ण श्रेष्ठ
भिमेश्वर नगर पालिका
वडा नं २, दोलखा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com