मनिषा कोइरालाले सगुन डटकम द्वारा रहस्य संदेश पठाईन I

भर्जिनिया ​,​ असार २५,

विजय थापा : ३२ औ एएनए (दी एशोसिएसन अफ नेप्लिज इन अमेरिका ) डिसी सम्मेलनका अबसरमा बलिउड नायिका मनिषा कोइरालाले अमेरिकामा रहेका नेपालीहरु द्वारा स्थापना गरिएको सामाजिक संचार सगुन डटकमको उद्घाटन आफ्नो रहस्य सन्देश पठाएर संजालको विधिवत सुरुआत गरिन् । 

उनले रहस्य संदेश नेपाली चलचित्रका नायक सरोज खनाललाई पठाएकी थिइन् भने प्रतक्ष्य रुपमा सरोज खनालले मंचमा गएर तपाईले संदेश पठाएको पाए भनि अगिल्लो पंक्तिमा बसेकी मनिषा कोइरालाले हो भनि जानकारी गराउदा दर्शक अचम्बित बन्न पुगेका थिए । मनिषा कोइरालाले उद्घाटन गर्दै यस्तो बृहत मस्तिष्क भएका र यस्ता आश्चर्यजनक वस्तु बनाउन योग्य व्यक्तिहरुको बारेमा हामीलाई जानकारी थिएन भन्दै गोप्य संदेश पठाएकी थिइन् । 
 मलाई विश्वास छ कि यो एप मार्फत प्रयोगकर्ताका परिवार र मित्रहरुमा एउटा बलियो सम्बन्ध स्थापना गर्न धेरै मदत पुग्ने छ र आफुलाई यो मन परेको दाबी गर्दै सबैलाई यो प्रयोग गर्न उत्प्रेरणा गरिन । कोइरालाले संस्थापकहरु क्रमस गोविन्द गिरि ,कविन्द्र सिटौला ,प्रकाश मल्ल ,यासिर नज़र ,स्वती दयाल ,नुकुल घोष तथा अन्यको नाम लिदै धन्यबाद दिएकी थिइन् । 

सगुनले प्रयोगकर्तालाई आफ्नो अनुभव साटासाट गर्न र गतिविधिलाई ब्यवस्थित गर्न एउटै मंच उपलब्ध गराउने भएकोले यो संजाल अति उपयोगी हुने विश्वास लिइएको छ । सामाजिक संजाल सगुन इंकमा ट्वीटर, ह्वाट्स एप, फेसबुक, स्न्याप च्याट, संदेश संजाल आदि ईत्यादी विशेषता रहेको छ भने यस एप्लिकेशनलाई सूचनाको गोपनियतामा महत्वपूर्ण कदम भएको बताईएको छ । सगुनबाट पठाइने तस्बिर तथा सूचना हिस्सा हुनासाथ् स्वत मेटिने छ भनि निर्माणकर्ताले जानकारी गराए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com