अन्तरराष्ट्रिय कविता प्रतियोगिता पुरस्कारको घोषणा I

 भर्जिनिया आषाढ २५,

विजय थापा : ३२ औ ए एन ए डिसी सम्मेलनमा एएनएन उत्तर अमेरिका साहित्य प्रतिष्ठानले आयोजना गरेको अन्तरराष्ट्रिय कविता प्रतियोगितामा बैतडीका राजेन्द्र तारकिणी प्रथम भएका छन् । विभिन्न १९ देशका ३२९ कविहरुको प्राप्त कविता मध्ये उनको कविता सर्वोकृष्ट भएको हो । “ कविता लेख्न बस्दा “ शिर्षकको उनको कविताले प्रथम पुरस्कार स्वरूप नगद एक हजार अमेरिकी डलर सहित् एनएम शुभद्रा भानुभक्त काव्य पुरस्कार पाएको छ ।

अमेरिकाको वाशिंगटन डिसीमा जुलाई ४ देखि ६ सम्म चलिरहेको दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को ३२ औं सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो । प्रतियोगितामा काभ्रेका अविरल ओझेलको कविता “ प्रतिक्षा” ले दोश्रो पुरस्कार स्वरूप नगद तीनसय डलर सहित शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार पाएको छ ।

यसैगरी प्रतियागितामा काभ्रेकै कवि फूलमान बलको कविता तृतीय भएको छ । कवि बलले नगद दुईसय अमेरिकी डलर सहित बसुन्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार प्राप्त गरेका छन् । गोवर्धन पूजाको संयोजनमा भएको उक्त प्रतियोगितामा सरुभक्त, वियोगी बुढाथोकी , विश्वविमोहन श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, भीष्म उप्रेती र डा. नेत्र एटम सम्मिलित अन्तिम निर्णायक समितिले पठाएको मूल्यांकनका आधारमा निर्णय गरिएको हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com