भीमदत्तनगर, १५ साउन,
महाकाली अञ्चल अस्पतालमा बेवारिसे अवस्थामा फेला परेको एक शिशुलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव रघुराम विष्टको जिम्मा लगाउने निर्णय भएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे अध्यक्ष रहेको जिल्ला बाल कल्याण समितिले मकवानपुर घर भई हाल काठमाडौँस्थित आयोगको केन्द्रीय कार्यालयमा कार्यरत सहसचिव विष्टको जिम्मा लगाउने निर्णय गरेको हो ।
शिशु पाउन माग गर्दै बाल कल्याण समितिमा १७ वटा निवेदन परेका थिए । बाल कल्याण समितिले अनाथ बालबालिकासम्बन्धी ऐन, २०४८ को संरक्षकत्व प्रदान गर्ने व्यवस्थाअनुसार उपयुक्त निवेदन छनोट गरी विष्टलाई शिशु दिने निर्णय गरेको प्रजिअ घिमिरेले जानकारी दिए ।
गत साउन ७ गते बुधबार दिउँसो अस्पतालको शौचालय नजिक नवजात शिशुलाई जन्म दिएर आमा बेपत्ता भएकी थिइन् । शिशुलाई धर्मपुत्रका रूपमा अपनाउन कयौँ दम्पती र परिवारका सदस्यहरूले बिहीबार बिहानैदेखि सोधखोज सुरु गरेका छन् ।
महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालको आकस्मिक कक्षमा केही दिनदेखि दिसा नखुलेको भन्दै जाँच गर्न आएकी एक महिला शौचालय जान्छु भनेर नफर्केको र केही समयपछि शिशु कराएको आवाज सुनिएको थियो । त्यसपछि स्वास्थ्यकर्मीले शौचालयको भुइँमा शिशु फेला पारेका थिए । रासस :