लिँदालिँदै कर्मचारी पक्राउ I

 काठमान्डू श्रावन १५,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज घुस लिँदालिँदै सहरी विकास भवन निर्माण विभागको विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाका कर्मचारीलाई पक्राउ गरी हिरासतमा लिएको छ ।

आयोजनाका प्रमुख कोमानन्द अधिकारी र इन्जिनियर दीपा श्रेष्ठले सेवाग्राहीसँग नियमानुसार काम गरिदिएबापत रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको विशेष टोलीले निजहरुलाई घुसबापत लिएको रु ४० हजारसहित पक्राउ गरी हिरासतमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।एनबी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com