स्वास्थ्य चौकीलाई रु १० लाख बराबरको जग्गा निःशुल्क प्रदान I

म्याग्दी, १५ साउन,
बेगखोला गाविसमा रहेको स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय एक घरपरिवारले निःशुल्क जग्गा उपलब्ध गराएको छ । बेगखोला–२ का समाजसेवी एवम् भूपू गाविस सचिव हिमबहादुर फगामी र उनका भाइ लोकबहादुर फगामीले स्वास्थ्य चौकीका लागि दुई रोपनी १० आना एक दाम जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

आफ्ना स्वर्गीय बुवा धनवीर फगामी र आमा हरिकला फगामीको स्मृतिमा हाल हङ्कङमा रहनुभएका हिमबहादुर र गाउँमै बस्दै आउनुभएका धनवीरले रु १० लाख मूल्य बराबरको जग्गा स्वास्थ्य चौकीलाई प्रदान गरेको गाविस सचिव चित्रनाथ शर्माले जानकारी दिए । सो जग्गालाई उनीहरूले गत असार महिनामै स्वास्थ्य चौकीको नाममा हस्तान्तरण गरिसकेको गाविस सचिव शर्माले बताए । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com