श्रावन ९,
एउटा मानिसको मुखमा कतिवटा दाँत हुन्छन् ? सबैको दिने जवाफ हो– ३२ वटा । त्यसमा घटबढ भए एक–दुईवटा मात्र । तर, एक भारतीय किशोरको २३२ वटा दाँत भेटिएको छ ।
चिकित्सकहरुका अनुसार एउटै मानिसको मुखभित्र फेला परेको यतिका धेरै दाँत विश्व रेकर्ड नै हो । मुम्बईको जेजे हस्पिटलका चिकित्सकहरुले १७ वर्षीय अशोक गवाईको शल्यक्रिया गरेर ती दाँत निकालेका हुन् । तल्लो बंगाराको दाहिनेतिर सुन्निएर अस्पताल गएका गवाईको त्यतिका धेरै दाँत फेला परेपछि चिकित्सकहरु नै छक्क परेका थिए । ती दाँतहरु अन्य दाँतजस्तै इनामेल तथा डेन्टिनसहितका भएपनि आकारमा स–साना थिए ।
‘हामीले सात घण्टा लगाएर दाँत निकाल्यौं’ अस्पतालका दाँत विभाग प्रमुख सुनन्दा धिभारे पाल्वांकरले भने, ‘सुरुमा सामान्य अपरेशन हुनेछ भनेर हामीले उनको मुख खोल्यो, तर, बंगारामा त असंख्य दाँतहरु थिए ।’ स–साना दाँतका अतिरिक्त ती किशोरको मुखमा मार्बलजस्तो चिज पनि थियो, जसलाई निकाल्न डाक्टरहरुले निकै मिहिनेत गर्नुप¥यो । यस्तो किसिमको समस्यालाई डाक्टरहरुले ‘ओडोन्टोमस’ नाम दिएका छन् । (एजेन्सी-डेली मेल)