इनरुवा श्रावन ९,
राजन निरौला : ‘कोशीपारिको गाउँ भनेर चिनिने श्रीलङ्का टापुका मानिसहरु डुङ्गाको विकल्प नहुादा दैनिक जोखिमपूर्ण रुपमा कोशी वारपार गर्न बाध्य भएका छन् ।
चारैतिरबाट कोशी नदीले घेरेको टापुमा बसोबास भएको कारण दैनिक उपभोग्य वस्तुहरु खरिद गर्नेदेखि औषधि उपचारका लागि समेत डुङ्गाबाटै कोशीवारि आउनुपर्ने उनीहरुको बाध्यता हो । श्रीलङ्का टापुमा २० हजारभन्दा बढी मानिसको बसोबास छ ।
सुनसरी सदरमुकाम इनरुवाबाट २४ किलोमिटर उत्तर–पश्चिममा पर्ने श्रीलङ्का टापुका बासिन्दाहरुले जीविकोपार्जनका लागि काम गर्नसमेत अन्यत्र जानुपर्छ । उनीहरु काम गर्न कोशीवारि सुनसरीका प्रकाशपुर, महेन्द्रनगरलगायतका स्थानमा पुग्छन् । त्यस क्रममा दैनिक १ देखि डेढ घण्टासम्म जोखिमपूर्ण यात्रा गर्नु परिरहेको स्थानीय गुनासो गर्छन् ।
श्रीलङ्का टापुमा सुनसरीको महेन्द्रनगर गाविस–४ र ५, प्रकाशपुर–५ र ६ तथा उदयपुर जिल्लाका केही भाग पर्छ । त्यहााका बासिन्दाहरुलाई जीविकोपार्जनका लागि काम गर्न, बालबालिकालाई विद्यालय आउन–जान, सुत्केरी–बिरामीलाई अस्पतालसम्म ल्याउन र पाहुनाहरुलाई समेत श्रीलङ्का टापुसम्म पुग्न एकमात्र विकल्प डुङ्गा नै हो । आर्थिक रुपमा समेत पछि परेको सो क्षेत्रका बासिन्दाहरुको जीविका चलाउने प्रमुख पेशा कृषि र मजदुरी भएकाले त्यसका लागि उनीहरुले कोशीवारि नै आउनुपर्ने बाध्यता छ ।
स्थानीय र पाहुनाहरु महेन्द्रगर गाविसको सिसौली घाट र प्रकाशपुरको राजाबास घाट हुादै ओहोर–दोहोर गर्छन् । दैनिक तीन सयभन्दा धेरै मानिसले डुङ्गाबाट वारपार गर्ने गरेको डुङ्गा चालक रमेश माझीले बताए । कोशी नदीमा पानी कम हुने हिउादको समयमा सिसौली घाट हुादै जलालघाट भएर श्रीलङ्का टापु पुग्न ३० मिनेट लाग्ने गरे पनि वर्षाको समयमा ४ देखि ५ घण्टासम्मको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय डिल्ली सङ्ग्रौलाले बताए ।
कोशी नदीमा पानीको बहाव अत्यधिक बढेको र हावा चलेको समयमा डुङ्गा चलाउनु जोखिमपूर्ण भए पनि विकल्प नभएकोले डुङ्गामै भर पर्नु परेको स्थानीय डुङ्गा चालकहरु बताउाछन् । वर्षाको समयमा कोशीमा पानीको सतह र बहावसागै जोखिम पनि बढ्ने भएकोले बालबालिकाहरु तीन महिनासम्म विद्यालय नजाने स्थानीय बुद्धवीर माझी बताउाछन् । सो क्षेत्रमा विद्यालय नएकोले उनीहरुले कोशीवारि नै आउनुपर्छ । प्रत्येक वर्ष असार, साउन र भदौमा श्रीलङ्का टापुका मानिसहरु जोखिमपूर्ण डुङ्गा यात्रा गर्न बाध्य छन् ।
(ब्लास्टटाइम्सबाट)