तराइमा बैकल्पिक बालि I

सर्लाही श्रावन १५,

तराईको सुन मानिने धानको बीउ नष्ट गरेर प्रतिफल दिने निश्चित नभएका अन्य जातका बाली लगाउन किसानहरु सक्रिय भएका छन्। लामो समयदेखि पानी नपरेर खेत सुकेपछि रोपाइ गर्न नपाएका किसानलाई वैकल्पिक बाली लगाउनुपर्ने बाध्यता परेको हो। 

सर्लाहीको भक्तिपुरकी फूलमाया स्याङ्ग्तानले पानी पर्खंदापर्खंदा धानको बीउ काम नलाग्ने भएपछि बीउ काटेर बस्तुलाई खुवाएको बताउनुभयो। धान रोपेर गोड्ने बेला भइसक्नुपर्ने बेलामा पनि रोपाइ गर्न नपाएका किसानह अहिले धमाधम बीउ फाल्न बाध्य छन्। धान भनेको सुन थियो अब हामी पित्तल, सिल्भरतर्फ लाग्यौं , सागरनाथका किसान हेमराज देवकोटा प्रष्ट पार्नु हुन्छ— धान सुनजस्तै मह˛वको बाली थियो, अब मकै छर्नु भनेको पित्तल वा सिल्भर भनेजस्तो हो। 

लामो खडेरीपछि मन अमिलो बनाएर किसानह मकै छर्न थालेका छन्। धान खेतमा वर्षे मकैले राम्रो उत्पादन नदिने भएकाले उनीह ले मकैबाट प्रतिफल पाउने आशा भने छैन। जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत रामप्रकाश महतो पनि धान खेतमा मकैको उत्पादन राम्रो नहुने बताउनुहुन्छ। धान रोप्ने खेतमा पानी जम्ने हुनाले उत्पादन राम्रो नहुन पनि सक्छ , उहा ले भन्नुभयो— तर पनि मकै लगाउनु किसानको बाध्यता हो, धान रोप्न नपाएपछि किसानले वैकल्पिक बाली लगाउनैपर्छ। मकै नलगाउने कसैकसैले वर्षे तरकारी लगाउन थालेका छन् भने कसैले केही समय प्रतीक्षा गरेर आलु, धनिया वा तोरी लगाउने विचार गरेका छन्।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख युगलकिशोर तिवारीले यो वर्ष सर्लाहीमा २५ प्रतिशत मात्र रोपाइ भएको जानकारी दिनुभयो। आकाशको पानीले रोपाइ गर्नुपर्ने स्थानह पूरै बा झै छन् भने नहर र कुलोको पानी लाग्ने केही क्षेत्रमा मात्र रोपाइ हुन सकेको छ। उखुपछिको दोस्रो खेती धान रोप्न नसक्दा जिल्लाको करिब ४२ हेक्टर जमिन बा झै छ। जिल्लामा ५६ हजार हेक्टरभन्दा बढी जमिनमा धान खेती हुने कार्यालय प्रमुख तिवारीले बताउनुभयो। 

धान रोप्न नपाएका कृषकह ले सरकारले पीडित कृषकलाई राहत दिनुपर्ने माग गरेका छन्। ईश्वरपुर नगरपालिका—४ की सीता थापा आफूह ले ठूलो नोक्सान बेहोर्नुपरेकाले सरकारले हेर्ला भन्ने आश गरेको धारणा राख्नुहुन्छ। उहा ले भन्नुभयो— सरकारले हामीजस्ता किसानलाई हेर्नुपर्छ, केही राहत पाइएला भन्ने आशा छ। चूडामणि वाग्ले नेपाल समाचारपत्र:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com