चितवन राष्टिय निकुञ्ज बघौडा उपभोक्ता समितीको २०७०÷७१ को आय व्यय सार्वजनिक कार्यक्रम सम्पन्न I

चितवन श्रवन १४,

सरोज खनाल : चितवन राष्टिय निकुन्ज बघौडा उपभोक्ता समितीको आयोजनामा २०७०÷७१ को आय व्यय तथा सार्वजनिक कार्यक्रम आज माडी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा सार्वजनिक गरिएको आय व्यय विवरणमा चितवन राष्टिय निकुन्ज मध्यवर्ति क्षेत्र कार्यक्रममा ३५ लाख ४९ हजार ६ सय ५१ रुपैंया निकासा गरिएको जानकारी दिईएको छ । 

निकासा रकम मध्ये सामुदायिक विकास, संरक्षण कार्यक्रम, आय आर्जन तथा सिप विकास, संरक्षण शिक्षा र प्रशाशनिक गरि ३१ लाख, ७१ हजार ८ सय ६ रुपैयां खर्च भएको छ । बघौडा मध्यवर्ति उपभोक्ता समितीले संरक्षण शिक्षा कार्यक्रम अन्तर्गत वन्यजन्तु संरक्षण गोष्ठी, समुह विकास, लेखा व्यवस्थापन, सहकारी शिक्षा, नदि कटान क्षतिपुर्ति, चोरी शिकार नियन्त्रण अभियान , ईको क्लब, धान खेती तालिम, तरकारी खेती तालिम र विउ वितरण सिंचाई पोखरी निर्माण तथा बांध निर्माण , खानेपानी धारो निर्माण, पशुपालन तथा कुखुरा पालन, वायोग्यांस निर्माण अनुदान, सोलार फेन्स निर्माण तथा मर्मत, भुक्षय नियन्त्रण तथा तटबन्धन लगायतको क्षेत्रमा सहयोग तथा लगानी गर्दै आईरहेको छ । 

त्यसैगरि तराई भुपरिधि कार्यक्रम ताल अन्तर्गत संचालित कार्यक्रममा २५ लाख १९ हजार ५ सय विनियोजन भएकोमा १४ लाख ३९ हजार ५ सय रकम खर्च भएको छ भने १० लाख ८० हजार अक्षय कोषमा जम्मा भएको र २ लाख ६४ हजार ३ सय रुपैंया निकासा हुन बांकी रहेको जानकारी दिईएको छ । तालले संरक्षण, खानेपानी तथा पानीको मुहान संरक्षण, सामुदायिक बिउ बैंक कार्यक्रम, गोबरग्यांस निर्माण, वृक्षारोपण, जलवायु अनुकुलन, गोठ सुधार, पोखरी निर्माण लगायतका क्षेत्रहरुमा सहयोग तथा लगानी गर्दै आईरहेको छ । यसैबिच आर्थिक वर्ष २०७१÷७२ को प्रस्तावित कार्यक्रमहरु तथा योजना छनोट सम्बन्धि अध्यक्ष र सचिवहरुको भेला पनि आजै सम्पन्न भएको छ । 

कार्यक्रममा वडा वडामा विभाजन गरि २०७१÷७२ को वार्षिक कार्ययोजना निर्माण गर्दै छलफल गर्ने र वार्षिक कार्ययोजनाको प्रस्ताव पेश गरिएको छ ।समितीका उपाध्यक्ष कोमलनाथ भुषालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट लालबहादुर परियार, एमालेका पुरन महतो, एनेकपा माओवादीका रिसीराम काफ्ले , नेकपा माओवादीका सरोज लामिछाने लगायतले बोल्नुभएको थियो । 

समितीका सचिव नारायणदत्त लामिछानेले संचालन गर्नुभएको कार्यक्रम अध्यक्ष प्रभु प्रसाद महतोको सभापतित्वमा सम्पन्न भएको थियो । भेलामा बघौडा मध्यवर्ति उपभोक्ता समिती अन्तर्गतका १२६ समुहका अध्यक्ष र सचिवहरु गरि २०० जना को उपस्थिती रहेको रहेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com