काठमाडौंश्रवन १४,
कुरा पर्यो, चार वर्षअघिको। नयाँ वर्ष २०१० को अवसरमा हामी भारतका विभिन्न ठाउँमा कार्यक्रम लिएर गएका थियौं। सुरुको कार्यक्रम मुम्बईको नागपाडामा भएको थियो। तीन सय दिदीबहिनी जम्मा भएका थिए। हामीले नेपाली भाषामा कार्यक्रम गर्ने भएपछि नेपाली भाषा बुझ्ने र बोल्नेहरू नै कार्यक्रममा सहभागी थिए।
पछि बुझ्दा पो थाहा भयो, ती सबै बेचिएका नेपाली चेली रहेछन्। ती बेचिएका चेलीमध्ये कतिपय बूढी भइसकेका थिए, खाना पकाउने, भाँडा माझ्ने र फेला परे ग्राहककहाँ जाने रहेछन्।
मैले सुनेकी थिएँ, घरमा टिनको छानो हाल्न नेपालबाट चेलीबेटी बेचिन्छन्। सायद घरको छानो उधारेर टिनको छानो छाउने सन्दर्भ सम्झेर अनि त्यो नारकीय जीवनभन्दा गाउँघरको गुन्द्रुक र ढिँडो उत्तम सम्झेर होला, ती चेलीबेटी रोएका।
त्यसपछि हामी बदलापुरमा पुग्यौं कार्यक्रम लिएर। त्यहाँ उद्धार गरेर ल्याइएका चेलीबेटी थिए। बदलापुरमा पनि त्यस्तै भयो। पुनामा पुगेर त रेडलाइट एरियामै कार्यक्रम गर्यौं। त्यहाँ पनि चेलीबेटीहरू धुरुधुरु रोए। हामी पनि नरोई रहन सकेनौं। हाम्रा टोलीका सदस्य नरुने कोही थिएनन्। हामीले बेचिएका चेलीबेटी कहिल्यै देखेका थिएनौं। कसैले मीत आमाले, कसैले मीत बाले बेचेको कुरा गरे। कसैले आफ्नै पतिले त कसैले साथीले बेचेको कुरा गरे। उनीहरूमध्ये अधिकांशलाई बेहोसी अवस्थामा कोठीमा लगेर बेचिँदो रहेछ। यी सबै कथाव्यथा सुनेपछि म पनि धेरै रोएँ।
फर्कने बेलामा उनीहरूसँग अंकमाल गर्यौं। उनीहरू पनि खुसी भए। उनीहरूले भने, 'हामीलाई नेपालमा माया गर्ने कोही छैनन् जस्तो लाग्थ्यो, तपाईंहरू हुनुहुँदो रहेछ माया गर्ने।'
फर्कंदा मैले अठोट गरेँ, म बेचिएका चेलीबेटीका बारेमा एउटा गीत गाउँछु। त्यसपछि गीतकार तुलसी बस्नेतलाई भेटेँ, केही महिनाअघिमात्रै उहाँले लेखिदिनुभयो,
छानो हाल्ने सपनामा म बेचिनँ पर्यो
यो बम्बईको कोठीभित्र जिउँदै मर्नु पर्यो।
आफ्नाले नै बेचे मलाई पिरतीको नाउँमा बेचे
मलाई लुट्ने पापीहरूले न त मेरो घाउ नै देखे
प्यास मेटाउन ब्वाँसाहरू लुँछाचुँडी गर्दा
मक्ख पर्छिन् ती बाई पनि मोलमा पैसा झर्दा।
बैंस ढले रोगले छोए छि छि दूरदूर गर्छन्
लाखौं चेली बेवारिसे यसैगरी मर्ने गर्छन्
कसले देख्ने कठै तिनको भित्री मनको पीडा
आमा, दिदी, बहिनी सम्झी नगरौं है हेला।
गायिका चन्द्रा देवान
प्रस्तुति : राजकुमार दिक्पाल-अन्नपूर्णबाट.