काठमाडौँ श्रवन १४,
पाटन अस्पतालमा नक्कली आमा बनेर तहल्का मच्चाएकी अविना श्रेष्ठका पति पुण्यराम सुलुले अस्पतालसंग माफी मागेका छन् । पुण्यरामले बुधवार अस्पतालमा पत्रकार सम्मेलन गरी माफी मागेका हुन् ।
सुलुले रोगका कारण आफ्नी श्रीमतीको मानसिकस्थितिमा असर परेकाले यस्तो गरेको भन्दै माफी मागेका छन्। उनले श्रीमतीलाई ‘स्युडोसाइसिस्ट’ भन्ने मानसिक रोग लागेको दाबी गरेका हुन् । अविनाले गर्भवती नै नभएको अवस्थामा साउन ३ गते नक्कली आमा बनेर आफ्नो बच्चा अस्पतालले गायब बनाएको भन्दै तहल्का मच्चाएकी थिइन ।
पत्रकार सम्मेलनमा अस्पतालका स्वास्थ्यकर्मीले ती महिलाका कारण अझैसम्म पनि अस्पतालको प्रसुती विभागमा काम गर्ने वातावरण नभएको गुनासो गरेका थिए । अस्पतालका निर्देशक डा. पवन आचार्यले ती महिलाको नाटकका कारण अस्पताल बद्नाम भएको बताए । अस्पतालकी नर्सिङ डाइरेक्टर नारायणी राईले ती महिलाका कारण अस्पताल माथी विश्वासमा ठूलो धब्बा लागेको बताइन् ।स्वास्थ्य खबरबाट: