शरीरमा तातो पानी खन्याएर हत्या I

 काठमान्डू श्रावन १२,

कञ्चनपुर कृष्णपुर–४ कोइराल भुजियाका ४३ वर्षीय टेकबहादुर ऐरको शरीरमा तातो पानी खन्याएर हत्या गरिएको छ । त्रिवेणीचोक नजिकको पल्टुराम चौधरीको खेतमा उनी गएराति मृत अवस्थामा फेला परेका थिए ।
 तातो पानी खनाउँदा शरीरको छाला पूरै खुइलिएको र घाँटीमा घाउ रहेकाले हत्या गरिएको हुन सक्ने इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक राजेन्द्र नाथले बताउनुभयो ।

स्थानीय धनबहादुर शाहको पसलमा बसेर ऐरसँग नानु चौधरी, कमल डागर र नरेन्द नेपालीले मदिरा सेवन गरेको र वादविवाद हँदा चारै जनाले उनीमाथि तातो पानी खन्याएर हत्या गरेको स्थानीय बासिन्दाको भनाइ उद्धृत गर्दै प्रहरी नायब निरीक्षक नाथले बताउनुभयो ।

पसल सञ्चालक शाहसहित चारै जनालाई हिरासतमा लिई आवश्यक अनुसन्धान थालिएको उहाँले बताउनुभयो । मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com