गोरखाश्रावन १२,
बन्दीपुर घर भई मनकामना गाविस वडा नंबर ४ करनटार निवासी धनबहादुर गुरुङले पाँच वर्षीया बालिकालाई बलात्कार गरेका छन्।
मनकामना प्रहरी चौकीले धनबहादुरलाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालयमा पेस गरेको छ। मकैबारीभित्र लगेर बालिकालाई बलात्कार गरेको गुरुङले स्वीकार गरेका छन्। मिठाइ खान दिन्छु भनी ललाइफकाइ मकैबारीभित्र लगी बलात्कार गरेको बयान दिएको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
'उसले मलाई मिठाइ दिन्छु आऊ भनेर हातमा समातेर घरमाथिको मकैबारीमा लग्यो। अनि उसको पाइन्टको टाँक खोल्यो, मेरो सुरुवालको इँजार पनि खोल्दियो। अनि ........ मलाई बेस्सरी दुख्यो । बेस्सरी रोएँ, कराएँ। अनि उसले मलाई छोडिदियो। तर कसैलाई भनिस् भने मार्दिन्छु भनेर धम्की दियो। त्यसैले कसैलाई भनिन भनेर नानीले सबै सुनाएपछि घटनाको बारेमा थाहा भयो’ २३ बर्षे युवकबाट बलात्कृत एक बालिकाले दिएको बयान उनकी फुपू मीनाले प्रहरीमा सुनाइरहेकी थिइन् ‘घटना त पहिल्यैको रहेछ। तर डरले हामीलाई नभनेकी रहिछ। उसको साथीहरुले चाहिँ थाहा पाएका रहेछन्। हिजो साथीहरुले ओइ, तँलाई त्यसले त्यस्तो गरेको तेरो फुपूलाई भन्दिउँ भनेपछि बल्ल उसैले भनी ।’
घटनाबारे जानकारी पाएपछि फुपूले मनकामना प्रहरी चौकीमा आइतबार खबर गरेकी थिइन्। फुपू मीनाले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालयले गुरुङ बिरुद्ध जिल्ला अदालतमा जबर्जस्ती करणी ऐन अन्तर्गत मुदा दर्ता गरी १० दिनको म्याद लिएर अनुसन्धान थालेको छ। घटना गत साउन पाँच गते साँझ छ बजे भएको थियो। (शिव प्रा.उप्रेती-अन्नपूर्ण)