पर्खाल भत्किँदा ११ जनाको मृत्यु I

नयाँदिल्ली असार २३ ,

भारतको दक्षिणी राज्य तमिलनाडुमा आइतबार गोदामको पर्खाल भत्किँदा ११ जनाको मृत्यु भएको छ । तिरुभल्लुर जिल्लामा भएको घटनामा मारिनेमध्ये एक बच्चा र चार महिला रहेको कलेक्टर के वीरा रावले बताए ।

भग्नावशेषमा पुरिएका एक जनाको उद्धार गरिएको छ, अझै धेरै फसिरहेको अनुमान छ । अग्नि नियन्त्रक समूहले उद्धार जारी राखेको अधिकारीहरूले जनाएका छन् । प्रहरी अधिकृत पी चन्द्रशेखरनका अनुसार कति मजदुर भग्नावशेषमा पुरिएका छन् भन्नेबारे यकिन हुन सकेको छैन । इँ

टाको २० फिट अग्लो पर्खाल भारी वर्षाका कारण भत्केको उनले जानकारी दिए । जिल्ला कलेक्टर रावका अनुसार मारिनेहरूमा गोदाममा कार्यरत छिमेकी राज्य आन्ध्रप्रदेशका बासिन्दा छन् । भारी वषf पछि आइतबार नै पर्खाल भत्केका थप तीन घटना जानकारीमा आएको र तिनमा मानवीय क्षति नरहेको प्रहरीका एसपी सेल्भानले जानकारी दिए ।

घटनास्थलबाट ४५ किमि दूरीमा पर्ने तमिलनाडुको राजधानी चेन्नईमा एक साताअघि ११ तले आवासीय भवन भत्किँदा ६१ जनाले ज्यान गुमाएका थिए । भारतमा मजदुर र तिनका परिवार निर्माणस्थल र आसपासमा बस्छन्, भवन भत्किने घटना पनि बारम्बार हुने गरेका छन् । एएफपी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com