सप्तरी आषाढ २३,
सप्तरीको मल्हनिया गाविस–२ मा आज अपराह्न एक पुरुषले कोदालो प्रहार गरी आफ्नै भाईबुहारी तथा भतिजाको हत्या गरेका छन् । मल्हनियाँ गाविस–२ निवासी रामेश्वर यादवले आफ्नै भाईबुहारी पर्ने ३० वर्षीया रीता कुमारी यादव र उहाँका ११ वर्षीय छोरा मनिषकुमार यादवको कोदालो प्रहार गरी हत्या गरेका हुन् ।
हत्या गर्ने रामेश्वर मानसिक रुपमा अशक्त रहेको स्थानीयले बताएका छन् । रीता कामेश्वरकी श्रीमती हुन । हत्या गर्ने रामेश्वरलाई तत्कालै स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरिसकेको छ भने मृतक आमा छोराको शव परीक्षणका लागि लहानस्थित जिल्ला अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
भाई कामेश्वर यादवको खेतमा धान रोपाइँको कामका लागि सहयोग गर्न आएका रामेश्वर मध्याह्न काम सकेर भाईको घर फर्केका थिए । घर फर्केका रामेश्वरले पहिला घरमा सुतिरहेका भतिजा मनिषको कोदालो प्रहार गरि हत्या गरेका थिए भने त्यस लगत्तै खाना पकाइरहेकी रीताको हत्या गरेको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।
भाईबुहारी र भतिजाको के कारण हत्या गरेको भन्नेबारे तत्काल केही खुल्न नसकेपनि खाना पकाउन ढिलो भएकाले त्यही आवेशमा आएर मानसिक अवस्था ठिक नरहेका रामेश्वरले हत्या गरेको हुन सक्ने स्थानीयहरुले आशंका गरेका छन् । नेपालब्रिटेन: