आफ्नै आमा सौता बनेर आएपछि…I

 
महोत्तरी आषाढ २३,

सासु र ज्वाँइबीचको सम्बन्ध पवित्र हुन्छ । अझै आमाले त आफ्नो छोरीको हितविपरितको काम गर्न त के सोच्न सम्म पनि सक्दिनन् ,किनकी हरेक बाबुआमाको सुखी भनेकै छोराछोरीको खुसी हो । तर आफ्नै आमाले ज्वाँइसँग विवाह गरेर छोरीको खुसी खोसेको खबर छ ।
 
विवाह गरेको ३ महिना नवित्दै श्रीमतीलाई अलग राखेर सासुसँग सम्बन्ध राख्ने ज्वाँइ र सासुलाई प्रहरीले आइतबार पक्राउ गरी सरकारी वकिलमार्फत हाडनाता करणीमा मुद्दा चलाएको छ । सुगाभवानीपट्टी ६ का २२ वर्षीय राजकिशोर महतो र भ्रमरपुरा २ की ३२ वर्षीया रेखादेबी महतोलाई हाडनाता सम्बन्धमा विवाह गरेको आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको हो ।
 
पीडित १५ वर्षीया हीराकुमारी महतोले पतिले आफ्नै आमासँग विवाह गरी अलग बस्दै आएको जनाउँदै हाडनाता करणीमा शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकाले ज्वाइँ र सासु दुबैलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरी निरीक्षक एकलाल हवारीले बताए । हीरा र राजकिशोरबीच २०७० माघ ९ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो । (समाचारपत्र बाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com