बुचीको गठिलो शरिर तिर आँखा दौडाउदै डल्ले साँहु भन्छ।
"ल बाटोमा कुरा गरेर केहि फाईदा छैन..!भरई आ र लैजा तेल छर्केर...।"
यति भन्दै डल्ले साँहु भटभटेमा फुर्र हुन्छ... मुटु फाट्ने भटभटेको तितो गुंजन फैलाउदै.. ।
बुची साँझ पख डल्ले साँहूको आगनमा टोलाई रहेकी हुन्छे।हातमा फुँलबुट्टे छडि खेलाउदै डल्ले साँहु आउछ।
"हेर बुची... दिन त म दिने भए तर तैले कसरि तिर्ने मात्र कुरो हो तेल छर्केर..।"
: स्कुलको ढुङ्गा बोकेको पईसो..।".
"राम ...राम ...राम ..पईसो त जति पनि छ म सँग बुची...! कति नबुझेको तेल छर्केर...!!"
यति भन्दै ऊ बुचीको गठिलो छातीमा छडि खेलाउन थाल्छ।बुची राती हून्छे। केहि बेर साँहूका आँखामा ठाडो नजर लगाउछे अनि रिस ले चुर हुदै छडि खोस्छे र मिल्काउदै गर्जिन्छे -
" डल्ले साँहु...विवश गरिब र एक्लै छु।राडि हूँ तर रण्डि होईन।होस् गरेस्...कतै जीउदै जलाउन नपरोस् तलाई तेल छर्केर...!!
" तलाई पाँच पाथी चामल र तीन सय दिनु त त्यति ठुलो कुरो होईन तर कुरो मा कुरो त मिल्नु पर्यो नि तेल छर्केर..।"
सुरेश प्रसाद अर्याल
मैदान-३ , गुल्मी