कृति भित्रको बिम्ब नियाल्दा…… I

मेरो नजरमा"अकबिता"

आदरणीय कबि नीरज साम्पाङ ज्युको नव सिर्जित कृति "अकबिता" उपहारको रुपमा ग्रहण गर्न पाउँदा आफूलाई गौरवान्वित ठानेकी छुl आफ्नो अमूल्य कृति साहित्यिक भेट स्वरुप प्रदान गर्नु भएकोमा कबि ज्यु प्रति आभार ब्यक्त गर्न चाहन्छु साथै कृतिको सफलता र कबिताको नया स्वरुपले नेपाली साहित्यमा चम्कने अवसर पाओस अन्तर ह्रदय बाट शुभ कामना!!!

"अकबिता"कृति भित्र प्रवेश गर्दा साहित्यको बिभिन्न रस्वादन गर्न सकिन्छ जसमा प्रेमिल भावना न्यून रहेता पनि देश प्रेम,संस्कृति -रीती रिवाज,राजनैतिक उतारचढाब,बिवस्ता,प्रवासी जीवन भोगाईका बास्तविकतालाई तितो सत्यको रुपमा आफ्नै भाषा सैली,आफ्नै लय,आफ्नै बिचारहरु द्वारा पाँच हरफे अकबितामा रूपान्तरण गर्नु भएको छ,भने देखी शीर्षकको बास्तविकता बुझ्न प्रस्तुत कबिताको अन्तिम हरफले ऐना जस्तो छर्लङ्ग पार्ने काम गरेको छ l "अकबिता"का कबिताहरु स्वतन्त्र छनlलय,बिश्राम मुक्त भएकोले गद्य र पद्य कबिता बीचको सानो रूप भन्न रुचाएँl प्रस्तुत कृति पढिसके पश्चात कबि ज्यु को बिचारहरु केहि मात्रामा बुझ्न सकिन्छlकेहि रचनाहरू यस्ता पनि छन जाहा जातित्व बिरोधको आवाज उठान गरिएको छlधर्मको कुरा उठान गरिएको छ भने बिपरीत धर्म प्रति असन्तोक ब्यक्त गरिएको पो होकि जस्तो लाग्न सक्छ lजस्ले गर्दा साहित्य पारखीले कृति हात पार्ने बितिकै कबि प्रति नकारात्मक दृष्टि राख्ने त होइन?किन की साहित्य लेख्ने र रुचाउने ब्यक्तिहरु प्राय स्वतन्त्र बिचार धाराका हुन्छन मेरो ठम्याइ होl हुन त साहित्यकारले साहित्य आफ्नो सोच,बिचार,कला र आत्मशक्तिले सृजना गरेको हुन्छ भने त्यही सृजना पाठकले ग्रहण गर्दा लेखकको भन्दा भिन्नै तरिकाले बुझ्न सक्छन अझ त्यसमा पनि कबिता,सायद 'म' मा पनि त्यस्तै भै दियो की?

समग्रमा "अकबिता" कृति अरु भन्दा पृथक लाग्योlकबि साम्पाङ्ग ज्यूलाई सफल साहित्यिक यात्राको लागी बधाई साथै शुभ कामना भन्न चाहन्छुl

अन्त्यमा यो कृति भित्र रहेका दुई अकबिता यसरी प्रस्तुत गरिएको छ जसको भावले अत्यन्त छोयो तसर्थ याहहरुको निम्ति भेट स्वरुप :~

पृथ्वीवासी

म देश बिनाको
 अनि नागरिकता बिनाको
 म वर्णबिनाको
 अनि धर्मबिनाको
 त्यसैले त सींगो पृथ्बी मेरो,म सांध र सिमाना बिनाको

कवि

छिनमै हाँस्छ
 छिनमै रुन्छ
 ब्रह्माण्ड निल्छ
 अनि के के ओकल्छ
 कवि पागल भन्छौ तिमी,उ अर्कै दुनियामा बाँच्छ

"जय साहित्य"

कल्पना राई"ख़ुशी"
दोलखा नेपाल
 हाल द.कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com