बलात्कारको आरोपमा श्रीमान पक्राउ I

 काठमान्डू साउन २,

वैवाहिक बलात्कारको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं ३ निवासी दैवशरण बन्जारालाई पक्राउ गरेको छ । बञ्जराकी माहिली पत्नी अमृताले आफूमाथि जबर्जस्ती करणी र कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएपछि फरार बन्जरालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण बिसीले जानकारी दिनुभयो ।

तीन श्रीमतीका पति रहेका बन्जाराले गत असार २२ गते साँझ जबर्जस्ती करणी गरेको अमृताले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । प्रहरीका अनुसार पत्नीले आफ्नै श्रीमानविरुद्ध उजुरी दिएर पक्राउ गरिएको घटना यहाँ सम्भवतः पहिलो पटक हो । उनीमाथि वैवाहिक बलात्कार गरेको भन्दै अदालतमा मुद्दा चलाइएको छ । कानुनले सहमतिविरुद्ध हुने शारीरिक सम्पर्कलाई बलात्कार भनेको छ ।NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com