भर्जिनिया श्राउन ५,
विजय थापा
युनिभर्सल युनाईटेड नेपलिज तेक्वान्दो महासघ(युयुएनटिएफ )तथा युयुएनटिएफ बेलायतको सयुक्त आयोजनामा आउदो जुलाई २४ तारिखमा हुने अन्तर राष्ट्रिय ते -क्वान्दोको प्रतियोगिताको तयारी लगभग पूर्ण अवस्थामा हुन् लागेको जानकारी महासघका सचिब कुमार कार्कीले जनाएका छन् ।
लन्डनमा सयुक्त रुपमा साधारण सभा हुनुको साथै केन्द्रिय समितिको निर्वाचन हुने जानकारी गराईएको छ । उक्त सयुक्त बैठकले बिधान पारित समेत गरिने जानकारी गराउदै नेपालको ते क्वान्दो विकासको लागि बिशेष कदम चालिने लन्डन उड्नु अगावै अमेरिकाको मिचिगनमा लामो समय देखि तेक्वान्दो बिद्यालय स्थापना गरेका प्रशिक्षक लव गोर्खालीले बताए ।
उक्त प्रतियोगिताको लागि ५० वटा प्रतिनिधि सदश्यको साथै विश्वका १४ वटा राष्ट्रबाट खेलाडीहरु प्रतियोगितामा सहभागी हुने बताईएको छ । उक्त खेलको लागि सगरमाथा डोजंग (बेलायत ), जेन मार्सल आर्ट्स (युके ),ज्योति तेक्वान्दो (अमेरिका ),एम्बिसन तेक्वान्दो ,क्यानाडा ,एव्रेस्ट तेक्वान्दो पाठशाला (अस्ट्रेलिया ),र मैत्री दोजांग नेपालको प्रायोजनमा हुने छ ।
संचार सहयात्रीहरुमा अमेरिकाको डिसीबाट संचालित ईनेपलिज डटकम ,डिसीनेपाल डटकम ,न्यु योर्कबाट विश्व संदेश साप्ताहिक /विश्व न्युज बिधुतिय पत्रिका ,खसोखास साप्ताहिक /बिधुतिय पत्रिका तथा नेपाल युएस डटकम रहेको मिचिगनका अर्का ते -क्वान्दो प्रशिक्षक बिपिन श्रेष्ठले बताए । यो प्रतियोगिताको अधक्ष्य ग्रान्ड मास्टर राज कुमार राई ,सह संयोजक मास्टर राष्ट्र राई तथा मास्टर इन्द्र गुरुङ लगायत अन्यको अथक प्रयासबाट ऐतिहासिक हुने सचिब कुमार कार्की बताए।