विद्यार्थिहरुको सिस्टि जुलुस I

श्रावण १२, चितवन ,

रामपुर : कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थिहरु चरणवद्ध आन्दोलनको क्रममा आज सिस्टि जुलुसमा उत्रिएका छन् । 

विश्वविद्यालयको आर्थिक अनियमितता, राजनैतिक भागबण्डाको दुष्चक्र लगायतको विरोधमा नेकपा माओवादी सम्बद्ध विद्यार्थिहरु आन्दोलनमा सहभागि विहान कोण सभा गरि सुरु भएको आन्दोलन विश्वविद्यालय परिसरमा सिस्टि जुलुस गरेर समापन भएको हो । 

सो सभालाई अखिल क्रान्तिकारी विश्वविद्यालय इकाइका विद्यार्थि नेताहरुले सम्बोधन गरेका थिए । विश्वविद्यालयले विभिन्न समयमा गठन गरेको छानविन समितिको नतिजा सार्वजनिक र दोषिलाई कारवाही, पछिल्लो विज्ञापन प्रक्रिया खारेजि लगायतको माग प्रति सम्बोधन नभए सम्म आन्दोलन जारी रहने विद्यार्थिहरुले जनाएका छन् । 

यसै क्रममा नेपाल राष्ट्रिय प्र ाध्यापक संगठनले पनि विविध माग राख्दै विश्वविद्यालयमा बढ्दै गएको अति राजनितिकरणको विरोधमा विश्व विद्यालय ठप्प लगायतको आन्दोलनको कार्यक्रम सहित विज्ञप्ति जारी गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com