बेन्जेमा मेसी र नेमारभन्दा अगाडि I

रियो दे जेनेरियोआषाढ २५,

फिफाको 'अफिसियल प्लेयर इन्डेक्स' मा फ्रान्सका करिम बेन्जेमा जारी विश्वकपका सबैभन्दा उत्कृष्ट खेलाडी देखिएका छन्। 

उनले अर्जेन्टिनाका लियोनल मेसी, जर्मनीका थोमस मुलर, ब्राजिलका नेमार, कोलम्बियाका जेम्स रोड्रिगुएजजस्ता प्रभावशाली खेलाडी पनि पछि पारेका छन्। क्यास्टोल इन्डेक्सले फिफाको 'ट्राक्लिङ' प्रविधि प्रयोग गरेर हरेक खेलाडीको विवरण पत्ता लगाई सबैभन्दा राम्रा खेलाडी छुट्ट्याउने गर्दछ।

प्रदर्शन विश्लेषकहरूको समूहले विवरणको अध्ययन गरेर वरियता निकाल्ने गर्छन्। यसमा खेलाडीको पास, 'ट्याकल', 'मुभ' लगायत विवरण अध्ययन गरिन्छ। गोल गर्न र गोल रोक्नमा तिनको भूमिका हेरेर अंक दिने गरिन्छ। बेन्जेमाले कुल १० मध्ये ९.७९ पाएको जनाइएको छ।

दोस्रो स्थानमा रहेका कोलम्बियाका रोड्रिगुएजले ९.७४ अंक पाएका छन्। रोड्रिगुएज र बेन्जेमा दुवैका टोली क्वार्टरफाइनलबाटै बाहिरिइसकेका छन्। बेन्जेमाले प्रतियोगिताका क्रममा तीन गोल गरेका थिए। उनले दुई गोलका लागि 'एसिस्ट' पनि गरेका थिए। कोलम्बिया विश्वकपबाट बाहिरिनुअघि रोड्रिग्वेजले ६ गोल गरेका थिए। हालसम्म उनी सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा छन्। उनले दुई गोलमा 'एसिस्ट' समेत गरेका थिए। उनले प्रतियोगितामा खेलेका सबै पाँच खेलमा गोल गरेका थिए।

यसैगरी फ्रान्सका राफेल भारान तेस्रो, ब्राजिलका थियागो सिल्भा चौथो र जर्मनीका मेट्स ह्युमेल्स पाँचौं स्थानमा छन्। नेदरल्यान्ड्सका आर्यन रोबेन छैटौं स्थानमा छन्। ब्राजिलका डेभिड लुइस सातौं, नेमार आठौं, अर्जेन्टिनाका लियोनल मेसी १३ औं र जर्मनीका थोमस मुलर १५ औं स्थानमा छन्। -एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com