माडी चितवन साउन ०१,
सरोज खनाल : ग्रिन युथ नेपालको आयोजनामा आजको आवश्यकता संरक्षणमा युवा सहभागिता, एक युवा पन्ध्र विरुवा भन्ने नारा सहित यस वर्षको वृक्षारोपण सप्ताह साउन १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापि रुपमा संचालन गर्ने विषयमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।
बघौडा मध्यवर्ति उपभोक्ता समितीको सभाहलमा संचालित कार्यक्रममा वृक्षारोपणले नै वातावरण संरक्षण हुन्छ, स्वस्थ्य, सफा तथा हराभरा वातावरण वनाउनका लागि वृक्षारोपण आवश्यक छ भन्ने उद्धेश्यले युवा सुचना केन्द्र माडी, युथ सेक्टर माडी, माडीका चारै वटा गाविसका मध्यवर्ति क्षेत्र, पि.एच.ई. टिम तथा युवा जागरण , नेपाल परिवार नियोजन संघ, ताल लगायतका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
युवाहरुले आयोजना गरेको सो कार्यक्रममा वृक्षारोपण सप्ताह कार्यक्रम अन्तर्गत भोलि साउन १ गते बघौडा ३ बसन्तपुरको पनफका सिमसार क्षेत्र र कल्याणपुरमा वृक्षारोपण गरिने भएको छ । यसलगत्तै गर्दी र अयोध्यापुरी गाविसमा पनि वृक्षारोपण गर्ने निर्णय गरिएको छ । कार्यक्रमको उद्घाटन भने आजको प्रमुख अतिथी बघौडा मध्यवर्ति उपभोक्ता समितीका अध्यक्ष प्रभु प्रसाद महतोले गर्नुहुने छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल परिवार नियोजन संघका वरिष्ठ सुपरभाईजर वालकृष्ण श्रेष्ठले दिनानुदिन बढ्दै गएको जलवायु परिवर्तनले गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने हुंदा यसलाई कम गर्न वृक्षारोपण आवश्यक पर्नेमा जोड दिनुभएको थियो । युवा मैत्री प्रजनन स्वास्थ्य कल्याणपुरका सर्भिस प्रोभाईडर टेकनारायण पाठकले संचालन गर्नुभएको कार्यक्रम युवा सुचना केन्द्र माडीकि अध्यक्ष रेनुका भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।