१ खर्ब डलरको बि्रक्स बैंक स्थापना गर्ने I

फोर्टेलिजा श्रावण १ -,

विकसित राष्ट्रद्वारा स्थापित ठूला बैंकहरूको प्रभुत्वबाट आफू र आफ्ना विकासोन्मुख राष्ट्रलाई जोगाउन विकासशील राष्ट्रको समूह ब्रिक्सले १ खर्ब डलर पुँजीसहितको बि्रक्स बैंक स्थापना गर्ने घोषणा गरेको छ ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित बि्रक्सको फोर्टेलिजामा आयोजित सम्मेलनमा बि्रक्स बैंक खोल्ने औपाचारिक सम्झौता भएको हो । यो बैंकको मुख्यालय चीनमा रहने प्रारम्भिक समझदारी भएको छ । यसको पहिलो अध्यक्षता भारतले गर्ने भएको छ ।

अहिले विश्वमा अमेरिकी सरकारको पहलमा स्थापित विश्व बैंक,  युरोपेली मुलुकको अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली मुलुक समेटेर जापानले स्थापना गरेको एसियाली विकास बैंकको प्रभुत्व रहेको छ । यी बैंकको विकासशील र विकासोन्मुख राष्ट्रमा ऋण र अनुदान दिन होडबाजी चल्दै आएको छ । तर आफूअनुकूल र आफ्नो स्वार्थपूर्ति भएमा मात्र ऋण तथा अनुदान दिने भएकाले केही वर्ष बि्रक्सका राष्ट्रले आफ्नो छुट्टै बैंक स्थापना गर्ने घोषणा

गरेका छन् । यो बैंकमार्फत उनीहरूले आफ्नो र आसपासका विकासोन्मुख राष्ट्रलाई सहुलियत दिने उनीहरूको योजना छ ।

'यो पाइलाले हाम्रो समूह विकास र उत्पादनशील कामका लागि कति प्रतिबद्ध छ भन्ने देखाउँछ,' सम्मेलनका क्रममा ब्रजिलकी राष्ट्रपति डिल्मा रसेफले भनिन्, 'भलै हामीबीच धेरै विविधता छ ।'

रुसी राष्ट्रपति भ्लादमर पुटिनले आर्थिक चुनौतीहरू सामना गर्ने पहिलो खुडकलो भएको प्रतिक्रिया दिए । 'आर्थिक क्रान्तिका लागि यो साहसिक पाइला हो,' उनले भने । १ खर्ब डलर प्रथमिकत पुँजी राख्ने लक्ष्य लिएको यो बैंकका लागि सबैभन्दा धेरै चीनले लगानी गर्ने समाचार एजेन्सीहरूले जनाएका छन् । एएफपीका अनुसार चीनले ४१ अर्ब लगानी गर्नेछ । त्यस्तै ब्राजिल, रुस र भारतले १८/१८ अर्ब डलर र दक्षिण अफ्रिकाले ५ अर्ब लगानी गर्नेछ । एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com