काठमाडौं श्रावन ११,
पशुपति क्षेत्र विकास कोषले पशुपतिमा पूजाआजा गराउन माग गरेका ब्राह्मणको आवेदनमाथि छानबिन सुरु गरेको छ।
पशुपतिमा पूजाआजा गराउनेहरु ब्राह्मणभन्दा गैह्रब्राह्मण भएको गुनासो भक्तजनबाट आएपछि उपाध्याय ब्राह्मणले मात्र पूजाआजालगायतका कर्मकाण्ड गराउन पाउने गरी आ–आफ्नो गाविसबाट उपाध्याय ब्राह्मण भएको सिफारिससहित निवेदन दिन दरखास्त माग गरिएको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिए।
कोषले माग गरेबमोजिम तीन सय ३० जनाको निवेदन पशुपतिमा कर्मकाण्ड गराउन पाउँ भनी परेको पनि सदस्यसचिव टण्डनले जानकारी दिए। ती निवेदनमाथि छानबिन गरी छिट्टै निर्णय गरिने पनि उनले बताए।
पशुपतिमा पूजाआजाका नाममा जथाभावी हुन थालेकाले पनि व्यवस्थित गर्नुपरेको कोषले जनाएको छ। घरमा पूजाआजा गराउन ब्राह्मण खोज्नेले पशुपतिमा पूजाआजा गराउन ब्राह्मणको आवेदन माग गर्दा आपत्ति जनाउनु रहस्यको कुरा भएको पनि उनले बताए।
राज्य धर्म निरपेक्ष भएपनि व्यक्ति धर्म निरपेक्ष नभएकाले कोषले पूजाआजाका लागि उपाध्याय ब्राह्मणको माग कर्म गराउने भक्तजनको मागबमोजिम नै गरेकाले पनि यो कदम व्यक्तिको स्वतन्त्रताबमोजिम नै भएको ठहर कोषले गरेको छ ।
कोषले माग गरेको उपाध्याय ब्राह्मणको आवेदनका विषयमा बिहीबारको संसद्मा समेत प्रश्न उठेपछि प्रतिक्रिया दिँदै सदस्यसचिव टण्डनले धर्म निरपेक्षका नाममा व्यक्तिको धार्मिक स्वतन्त्रतामाथि रोक लगाउने खालका काम गर्ने भए पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषजस्ता संस्था पनि विघटन गरिनुपर्ने बताएका छन्। रासस :