चितवन श्रावण ११,
रामपुर : पछिल्लो चरणमा रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विकसित विकिृति
विसंगतिको विरुद्धमा अखिल क्रान्तिकारी रामपुर इकाइका विद्यार्थिहरु आन्दोलित भएका
छन् । साँझ विद्यार्थिहरुले क्याम्पस परिसरमा राँके जुलुस र नारावाजि गर्दै आन्दो
लनको घोषणा गरेका छन् ।
विश्वविद्यालयमा व्याप्त भ्रष्टचार, अनियमितता र अस्तव्यस्तताको विरुद्ध आन्दोलनतर रहँदै
आएको आफ्नो संगठन विद्यार्थिहरुसँग पटक पटक सम्झौता गर्दै कुनै पनि
माग सम्बोधन नगर्ने रवैयाको रुपमा पछिल्लो चरणमा विश्वविद्यालयले सुरु गरेको
उपप्राध्यापक भर्ना प्रक्रिया, विद्यार्थिहरुलाई प्रशासन लगाएर तह लाउँछौं भन्ने
धम्कि लगायतको विषय विरुद्ध आन्दोलनमा उत्रनु परेको अखिल क्रान्तिकारीका इकाइ
अध्यक्ष विनय विक्रम रत्न बताउछन् ।
आर्थिक अनियमितता तथा विविध विषयमा पटक पटक
बनेका छानविन समितिको निष्कर्ष तथा दोषिलाई कारवाहिको कुनै संकेत नदेखिनु तर
झन् विश्वविद्यालयलाई धरासायि बनाउन पछिल्लो चरणमा र हाल उद्धत व्यक्तिहरुलाई
नै पुरस्कृत गर्ने रवैया प्रति संगठन सशक्त आन्दोलन गर्न दृढ रहेको जनाए ।
चरणवद्ध रुपमा आन्दोलनरत रहेको आफ्नो संगठनलाई दबाउन र विश्वविद्यालयमा
रहेका भ्रष्ट व्यक्तिहरुलाई संरक्षण गर्न प्रहरी प्रशासनको विगतको भूमिका रामपुर
मा नमिठो रहेको जनाउँदै आन्दोलनरत विद्यार्थिहरुले अब आइन्दा विश्वविद्यालयका
भ्रष्ट पदाधिकारीको पक्षमा रहेर विद्यार्थिलाई मानसिक तथा भौतिक यातना नदिन प्र
शासनलाई चेतावनि पनि दिए । अखिल क्रान्तिकारी सम्पुर्ण विसंगतिको विरुद्धमा रहेका
शक्तिहरुलाई एक ठाउँमा राखेर संघर्षलाई तिव्र पार्दै लैजान प्रतिवद्ध रहेको विरोध
प्रदर्शनमा सहभागि विद्यार्थिहरुले जनाए ।