गजल :
मन पुग्यो कहाँ-कहाँ रहर पुग्यो कहाँ
आँखाबाट ओर्लिएर नहर पुग्यो कहाँ !!
कस्ले देख्छ कस्ले बुज्छ यो मनको बह
छ्चल्किंदा खुशीहरु लहर पुग्यो कहाँ !!
दोबाटोमा अलम्लिए यादहरु मेरा
बिचलित हुँदा मनको ठहर पुग्यो कहाँ !!
लेख्न खोज्छु मनका कुरा कापी भरि भरि
गजल भन्दै सुरु गर्दा बहर पुग्यो कहाँ !!
यसै गयो जिन्दगि यो रुने काम संधै
हेर्दा हेर्दै खुशी हुने प्रहर पुग्यो कहाँ !!
सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
हाल -इजरायल