कतःमान्दु श्रावन १५,
सरोज खनाल : खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिती बघौडाको आयोजनामा पुर्ण
सरसफाई सम्बन्धि १ दिने तालिम आज बघौडा मध्यवर्ति उपभोक्ता समितीको
सभाहलमा सम्पन्न भएको छ । राप्रावि दक्षिण अयोध्यापुरीका प्रधानाध्यापक तथा
सरसफाई प्रशिक्षक कृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा
आफ्नो घर तथा भान्सा वरिपरिको सरसफाई कसरी गर्ने , फोहार व्यवस्थापन
गर्ने तरिका, स्वच्छ खानेपानी तथा हात धुने विषयमा छलफल गरिएको थियो ।
त्यस्तै शौचालय निर्माण तथा टोलसरसफाई गर्नुको आवश्यकताको सम्बन्धमा पनि
छलफल गरिएको छ । साथै सरसफाईका लागी आफ्नो घर मात्रै सफा भएर
नपुग्ने भएकाले त्यसका लागी गाउं टोल नै सरसफाई गर्ने अभियान थाल्नुपर्नेमा
जोड दिईएको छ । पछिल्ला समयमा बघौडाको मगुई खोला तथा कल्याणपुरको
बाँदरमुढेखोलामा फोहोरजन्य सामान फालिएको पाईएको र अव पनि त्यो
क्रम नरोकिएमा जरिवाना तिराउने निर्णय गरिएको छ ।
तालिममा सामाजिक
सेवामा लागेका शिवशक्ति आमा समुह, सृजनशिल आमा समुह, युनाईटेड क्लब तथा
अगुवा समाजसेवीहरु गरि कुल ३८ जनाको सहभागिता रहेको थियो । सरसफाई
प्रशिक्षक कृष्ण अधिकारी र शशिधर बरालले प्रशिक्षण दिनुभएको तालिममा
सहभागिका तर्फबाट सुभद्रा शर्मा र भविश्वर भुसालले बोल्नुभएको थियो ।
तालिम खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिती बघौडाका सदस्य तथा पुर्व
गाविस अध्यक्ष भुवानी प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।