साउन १५ ,
राजेन्द्र आचार्य
: निर्माण कार्यका मेरुदण्डका रुपमा निर्माणकर्मीलाई राज्यले नै उपेक्षा गरेको
निर्माणकर्मीहरुले गुनासो गरेका छन् । भवन निर्माण व्यवसायी संघ पूर्वी
चितवनले आज रत्ननगरमा सम्पन्न गरेको राहत वितरण सभामा बोल्दै निर्माणकर्मी
मजदुरहरुले यस्तो गुनासो गरेका हुन् ।
व्यवसायिक सुरक्षाका लागि सबै एकजुट
हुनुको विकल्प नभएको उनीहरु भनाई थियो । निर्माण मजदुरको हितका लागि
उनीहरु निर्माण मजदुर निति बनाउन माग समेत गरेका थिए । कार्यक्रममा बोल्ने
अधिकांश मजदुरहरुले निर्माण गर्दा सुरक्षित श्रोत साधान र विमा विना निर्माण
नगर्न सबै मजदुरहरुलाई अनुरोध पसनि गरेका थिए ।
कार्यक्रममको उद्धघाटन गर्दै
रत्ननगर नगरपालिकाका कार्यालयका निमित्त कार्यकारी अधिकृत सिताराम पाखे्ररलले
निर्माण मजुदरहरु आफ्नो अधिकारका लागि आफै सचेत रहन आग्रह गरेका थिए
। सोही अवसरमा अकालमा नै ज्यान गुमाएका निर्माण मजदुर एवं संघका सदस्य
गोरे महत्तोको परिवार विसमतिया महत्तोलाई संघका सदस्यहरुबाट संकलित
गरिएको १ लाख १ हजार रुपैयाको राहत चेक रत्ननगर नगरपालिकाका कार्यालयका
निमित्त कार्यकारी अधिकृत सिताराम पाखे्ररल, संघका अध्यक्ष केदारनाथ अधिकारीले
संयुक्त रुपमा प्रदान गरेका थिए ।
राहत रकम प्रदान गर्दै संघका अध्यक्ष
अधिकारीले भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनले स्थापना कालदेखि नै
निर्माण मजुदरहरु हकहितका लागि सुरु गरेको यो अभियान थप सशक्त बनाउने
प्रतिवद्धता व्यक्त गरेका थिए । भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनकका अध्यक्ष
केदारनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उवासंघ रत्ननगरका अध्यक्ष
ज्ञानबहादुर विसुराल, शहरी विकास तथा भवन निर्माण डिभिजन भरतपुरका ई.सुरेश
खनाल, आईएलओ संस्थाका ई. सन्तोष कुमार गुप्ता, संघका महासचिव
बालकृष्ण उप्रेती लगायतले बोलेका थिए ।