रामपुरमा आगो सल्क्यो, प्रहरीलाई निभाउनको हैरान I

श्रावण ११, चितवन,

 रामपुर : विश्वविद्यालयले अपारदर्शी तवरले उपप्राध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाएको विरोधमा दुइ माओवादी सम्बद्ध विद्यार्थी संगठनहरुले चितवन स्थित विश्वविद्यालय परिसरमा आजबाट सयुंक्त आन्दोलन चर्काएका छन् । 

गुपचुप रुपमा भएको दरखास्त आह्वान र फर्म वितरण र भर्ने म्यादको अन्तिम दिन आजबाट सुरु भएको विश्वविद्यालय नै ठप्प पार्ने गरि अघि बढेको दुइ क्रान्तिकारी विद्यार्थिहरु ले संयुक्त आन्दोलनको पहिलो स्वरुप नै पदाधिकारीहरुको पुत्ला दहनको संके त आन्दोलन भिषण हुने देखिएको छ । विद्यार्थिहरु पुत्ला बाल्ने र प्रहरी प्रशासन पुत्ला निभाउने दृश्य रोचक नै रहेको थियो । 

विश्वविद्यालय स्थापना पश्चात पहिलो पटक लिन भइरहेको उपप्राध्यापकको विज्ञापन करार हुनु र तीन वर्ष अघि स्थापना भएको सेवा आयोगलाई निष्कृय बनाइ राख्नु र उपकुलपति देखिन् सहायक डिन सम्मकाले आ–आफ्ना समुहका मान्छेलाई सुटुक्क जागिर बाढ्न लागेको विरोधमा आन्दोलन अगाडि बढाएको विद्यार्थि नेताहरु बताउँछन् भने विश्वविद्यालय पदाधिकारीहरु भोलि पर्सी नै कतै चिया पसलमा भए पनि अन्तर्वार्ताको नाटक मञ्चन गरेर भए पनि नियुक्ति बाढ्न प्रयासरत रहेको संकेत देखिन्छ । 

कतिपय आवेदन कर्ता बाणिज्य बैंकमा आवेदन दस्तुर बाडेर दरखास्त दिने ठाउँ नभेटे र फर्किएको दृश्य पनि रामपुरमा आज कम रोचक थिएन । माथिबाट कृपा प्राप्त को ही समुहका हुलका हुल बाँधेर अमुक कर्मचारीलाई चिया पसलमा फर्म भर्दै पनि दे खिन्थे । प्रतिपक्ष र सत्तापक्षको टकराव जस्तो देखिँदै गएको पछिल्लो घटनाक्रमले ने पालमा संविधान सभाबाट संविधान बन्ला जस्तो संकेत नदेखिएको र मुलुक भिडन्तमा जाँदै गरेको संकेतको रुपमा बुझ्न सकिने त्यहाँ उपस्थित एक सर्वसाधारणले बताए । शिक्षालयमा पनि केन्द्रको राजनितिले यसरी प्रत्यक्ष प्रभाव पार्नु शुभ संकेत नभएको तिनको कथन थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com