सर्लाही आषाढ २१,
टंक क्षेत्री : नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको कपाल काट्ने काममा नियमित क्रियाशिल युवा सर्लाहीको बबरगंज गाविस-४ का सुरेन्द्र ठाकुर रहेछन् ।
ठाकुरको वैवाहिक समारोहका लागि उनकै निवास सर्लाहीको बबरगंजमा महानायक राजेश हमाल हेलिकोप्टर चार्टर गरेर आई शुक्रबार दिउसो करिब एकघण्टा विताएपछि मात्र बल्ल थाहा भयो, नेपाली चलचित्र क्षेत्रका महानायकको कपाल मिलाउने लगायत फेसियल सम्बन्धी काम गर्ने युवा सर्लाहीकै रहेछन् भन्ने कुरो ।
काठमाडौंबाट सर्लाही आउने क्रममा मौसमका कारण महानायक हमाल चढेको हेलिकोप्टर सर्लाहीको छिमेकी जिल्ला सिन्धुलीको क्यानेश्वर अर्थात क्यानखोलामा झण्डै एकघण्टा भन्दा बढी समय ल्याण्ड गरेर बस्न बाध्य भएको थियो ।
महानायक हमाल आउनेभएपछि दर्केझरीमा रुझ्दै बबरगंज पुग्दा सर्लाहीको देहाती क्षेत्र अर्थात हिन्दी अथवा भोजपुरी चलचित्रका फ्यान बढी हुने स्थानमा समेत हमाललाई हेर्ने स्थानीय बासिन्दाको उपस्थिती देखेपछि मन नै दंग भयो । सर्लाही निवासी सुरेन्द्रको बैबाहिक समारोहमा आएका महानायक हमाल सम्बन्धी केही तस्बीरहरु ः