तेस्रोलिंगीले फसाए सोह्र वर्षीया युवती I

सर्लाही  आषाढ २७,

चूडामणि वाग्ले : सर्लाहीको मलंगवा नगरपालिकामा दाइजोको लोभमा एक किशोरीको तेस्रो लिंगीसग विवाह गरिएको रहस्य खुलेको छ। दुई वर्षपछि यो रहस्य थाहा पाएका किशोरीको परिवारले एकतर्फी केटा पक्ष्य सग सम्बन्ध बिच्छेद गरेका छन्। 

दाइजोको लोभमा स्थानीय एक परिवारले आफ्ना तेस्रो लिंगी छोराको विवाह एक १६ वर्षीया किशोरीसग गरिदिएको हो। दुई वर्ष पहिले यसरी झुक्याएर गरिएको विवाहको बारेमा ती किशोरीले केही दिन पहिले मात्र थाहा पाइन्। श्रीमानले सधैं बेवास्ता गर्दै आएपछि उनले आफ्नो श्रीमानको पुरुषमा हुनुपर्ने गुण र लिंग नै नरहेको थाहा पाएकी थिइन्। अहिले युवक २० वर्ष र युवती १८ वर्ष पुगेका छन्। 

विवाहको समयमा २ लाख नगद र मोटरसाइकलसहित केटी पक्षले विभिन्न दाइजो उपलब्ध गराएको थियो। केटीले आफ्नी आमालाई सबै कुरा भनेपछि केटीका बुबा आफैं गएर छोरी फिर्ता ल्याएका थिए। ज्वाइ तेस्रोलिंगी भएको थाहा भएपछि केटी पक्षले सम्पूर्ण दाइजो त्यागेर छोरीलाई फिर्ता ल्याएको हो। दाइजो फिर्ता लिदा समाजमा हल्ला हुने भएकाले बरु दाइजो त्यागेर अनौपचारिक पक्ष्यमा सम्बन्ध बिच्छेद गरिएको केटी पक्षको स्रोतले बतायो। 

केटी पक्षले नै केटा पक्षलाई आफूह लाई दाइजो फिर्ता नचाहिने बरु सामाजिक रुपमा मौन बसिदिए पुग्ने बताएकाले केटा पक्ष पनि दाइजो पचाउन पाएर खुसी नै छ। उक्त युवतीको अर्कै युवक खोजेर विवाह गर्न अहिले तयारी गरिएको छ। केटाको पुरुष अंग नै नभएकाले केटी हालसम्म कुमारी नै रहेकी र उमेर पनि धेरै नभएकाले पुनः विवाह गर्न समस्या नभएको केटी पक्षले बताएको छ। 

तेस्रोलिंगीको पनि विवाह गर्न पाउने अधिकार भए पनि उसले आफूजस्तै तेस्रोलिंगी जोडी खोज्नुपर्ने अधिकारकर्मी रम्भा झा बताउनुहुन्छ। उहा ले भन्नुभयो— झुक्याएर विवाह गर्दा अहिले केटी पक्षको परिवार तनावमा रहेको छ। यो अत्यन्त निम्न स्तरको महिला हिंसा हो। यसबाहेक पनि केटी पक्षलाई झुक्याएर दाइजो लिन विभिन्न प्रकारले वैवाहिक ठगी भइरहेका अधिकारकर्मीह बताउ छन्। 

वैवाहिक सम्बन्धपछि महिला हिंसाका समस्या तराईमा धेरै हुने गरेका अधिकारकर्मी विदुरकुमार प्याकुरेल बताउनुहुन्छ। विवाहमा छोरा पक्षबाट दाइजो पाउन गरिने विभिन्न प्रकारका अस्वस्थ कामह नै हिंसाको कारण बन्ने गरेका छन्। केटी पक्षको परिचय खुलेमा उनको पुनःविवाहमा समस्या हुने र केटा पक्षको परिचय खोल्दा पनि केटीको स्वतः पहिचान हुने भएकाले परिचय नखोलिदिन केटी पक्षका अभिभावकले आग्रह गरेका छन्। दुवै पक्षको विवरण नेपाल समाचारपत्रस ग सुरक्षित छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com