गजल By, राई रुमानी


गजल By, राई रुमानी

पसिनाले धरती गलाउनु पर्छ है ठूले
मानो रोपेर मुरी फलाउनु पर्छ है ठूले ।

बलवैंश भईञ्जेल आफ्नै देशको माटोमा
परिश्रमी पाखुरी चलाउनु पर्छ है ठूले ।

धेरै जले झुप्राहरु यहाँ क्रान्तिको नाममा
अब महल पनि जलाउनु पर्छ है ठूले ।

पराइको भर हुन्न आफ्नै बुद्धि-विवेकले
देशद्रोही सामन्ती ढलाउनु पर्छ है ठूले ।

विकासका मुनाहरु स्वदेशको कुनाकाप्चा
पाखा पखेराभरी पलाउनु पर्छ है ठूले ।

राई रुमानी
मलेसिया


 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com