गुल्मी, असार २६,
सुत्केरी केन्द्रको अभावमा गाउँका अधिकांश महिला घरमै सुत्केरी हुन बाध्य छन् । जसले गर्दा गर्भवतीको ज्यान जोखिममा पर्नुका साथै नवजात शिशुको मृत्यु हुने गरेको छ । सरकारको 'आमा सुरक्षा कार्यक्रम' पनि प्रभावकारी हुन सकेको छैन ।
आमा सुरक्षा कार्यक्रम कार्यविधिअनुसार केन्द्रका लागि ५ रोपनी जग्गा, कम्तीमा चारकोठे भवन, पानी बिजुलीको सुविधा, गाविसस्तरबाट करारमा एक अनमी र गाविसको प्रतिबद्धतापत्र चाहिन्छ । दुर्गम गाउँमा कतै भवन र कतै जग्गा अभावले कार्यक्रम कार्यान्वयन भएको छैन ।
स्वास्थ्य कार्यालयको सहयोगमा तेस्रो पक्षले १० स्वास्थ्य संस्थामा गरेको सामाजिक परीक्षणमा पनि रुपाकोट, फोक्सिङ, बलिथुम, ग्वादी र पुर्कोटदहका महिला घरमै सुत्केरी हुने गरेको पाइएको छ । त्यसले सुत्केरीमा उच्च रक्तश्राव हुने, आमा र शिशुको स्वास्थ्यमा समस्या देखिने गरेको छ । रुपाकोटमा गत वर्ष एक नवजात शिशुको मृत्यु नै भएको थियो । विभागको मापदण्ड पूरा गर्न नसक्दा एक नगरपालिका र ७५ गाविस रहेको जिल्लामा ३२ गाविसमा मात्र आमा सुरक्षा कार्यक्रम सञ्चालनमा छ ।
रुपाकोट उपस्वास्थ्य चौकीको आफ्नै ४ कोठे भवन छ । चौकीमा सिनियर अहेव, अहेव र खोप कार्यकर्ता पनि छन् । तर स्थानीयस्तरबाट अनमी नियुक्ति र ५ रोपनी जग्गा उपलब्ध नहुँदा बर्थिङ सेन्टर स्थापना हुन नसकेको चौकी इन्चार्ज हिमलाल भण्डारीले बताए । सेन्टर नहुँदा गर्भवती सुत्केरी हुन डेढ घन्टाको दूरीमा शान्तिपुर, जोहाङ र तुराङ पुग्नुपर्ने बाध्यताले घरमै सुत्केरी हुने गरेको खोप कार्यकर्ता लीलावती भण्डारीले बताइन् । गतिशील जनचेतना अभियानले गरेको सामाजिक परीक्षण क्रममा चौकीमा गत वर्ष ५८ जनाले गर्भ परीक्षण गराएकामा सुत्केरी हुन २ महिलामात्र आएको देखिएको छ ।
'हामीले मजुवा, शान्तिपुर वा जोहाङमा जानुस् भन्नुपर्छ,' इन्चार्ज हिमलालले भने, 'गर्भवतीलाई अन्तिम अवस्थामा टाढा पुग्नुपर्ने बाध्यताले घरमै सुत्केरी हुन सजिलो मान्छन् ।' चौकीमा गत वर्ष ४ हजार १ सय ८९ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । रुपाकोट ३ की २१ वषर्ीया मधु विकले चौकीमा सुत्केरी गराउने व्यवस्था नहुँदा आफूहरू समस्यामा पर्ने गरेको बताइन् । 'म पहिलोपटक पनि घरमै सुत्केरी भएकी हुँ,' मधुले भनिन्, 'यसपटक पनि घरमै सुत्केरी हुने त होला नि ।' चौकीमै सुत्केरी सेवा उपलब्ध नहुँदा महिला समस्यामा परेको मधुले बताइन् ।
सरकारले आमा सुरक्षा कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्य संस्थामा गर्भवती हुने महिलालाई भत्तासमेत दिँदै आएको छ । तर सेन्टर अभावले दुर्गमका महिला भत्ता र सुरक्षित सुत्केरी सेवाबाटै वञ्चित छन् । जिल्ला अस्पतालका प्रमुख डाक्टर सुरेश नेपालले गाविसको प्रतिबद्धतापत्र, स्थानीय स्रोतबाट अनमी नियुक्ति र भवन उपलब्ध भएमा त्यस्ता गाविसमा बर्थिङ सेन्टर स्थापनाका लागि सिफारिस गर्न सकिने बताए ।
'रुपाकोटसहित सम्भव हुने गाविसमा बर्थिङ सेन्टर स्थापनाका लागि हामी पहल गर्छौं,' नेपालले भने, 'कतिपय चौकी भाडामा बस्ने गरेकाले पनि सेन्टर स्थापनामा समस्या परेको छ ।' ग्वादीमा ४ कोठे एउटै भवनमा उपस्वास्थ्य चौकी, गाविस र अतिरिक्त हुलाक बस्ने गरेको परीक्षणका क्रममा फेला परेको थियो । अभियानका अध्यक्ष युवराज केसीले सामाजिक परीक्षणका क्रममा बर्थिङ सेन्टर नभएको, तोकिएका औषधि समयमा प्राप्त नभएको, गुनासो पेटिका नराखिएको, गोपनीयताका लागि झ्यालहरूमा पर्दा नराखिएको, एम्बुलेन्स सेवा नभएको लगायतका ११ वटा गुनासा सेवाग्राहीले राखेको बताए ।
किशोरी गर्भवती बढे
कृष्णप्रसाद गौतम
रुकुम
खलंगा ५ की कल्पना केसी २० वर्षकी भइन् । १५ वर्षमा विवाह गरेकी उनका २ छोरा र १ छोरी छन् । गाउँकै सपना विकले पनि २२ वर्षको उमेरमै ३ सन्तान जन्माइन् । उनका १ छोरा ५ वर्षको र दुई छोरी २ र ४ का छन् ।
उनीहरूमात्र होइन, यहाँका अधिकांश गाविसमा बालविवाह बढ्दै गएपछि किशोरी गर्भवती हुने क्रम बढेको हो । किशोरीमै गर्भवती बढ्दै गएपछि मातृ तथा शिशु मृत्युदरको जोखिम पनि बढ्दै जाने जिल्ला स्वास्थ्यले जनाएको छ ।
जिल्ला स्वास्थ्यका अनुसार, २० वर्षभन्दा मुनिका किशोरी गर्भवती हुनेको संख्या बढ्दै जान थालेको हो । कार्यालयका अनुसार सरकारी तथा निजी स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेमध्ये ४५ प्रतिशत किशोरी २० वर्षमुनिका छन् ।
अघिल्लो आर्थिक वर्षमा मात्र ३ हजार ५९ किशोरी गर्भवती भएका थिए । बर्सेनि किशोरी गर्भवतीको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव दीपक विष्टले बताए । उनले यो वर्ष जिल्लामा करिब ८ हजार गर्भवतीमध्ये झन्डै ३ हजारभन्दा बढी किशोरी रहेको जानकारी दिए । 'किशोरी गर्भवतीको समस्याले मातृ तथा शिशु मृत्युदरको जोखिम बढ्ने देखिन्छ,' सिनियर अहेव विष्टले भने, 'अशिक्षा, रोजगार अभाव, विभिन्न सम्भावनाको कमी, अर्काको देखावटीलगायत कारण किशोरावस्थामा नै बिहे गरी गर्भवती हुने बढेका छन् ।'
बालविवाहलाई नियन्त्रण नगर्दासम्म यो समस्या बढ्दै जाने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार किशोर अवस्थामै गर्भवती हुँदा गम्भीर स्वास्थ्य समस्या देखिने गरेको छ । 'किशोरावस्थामै गर्भवती हुँदा बच्चा जन्माउन समस्या हुने भएकाले शल्यक्रिया गरेर प्रसूति गराउनुपर्ने बाध्यता छ,' गोतामकोटस्थित उपस्वास्थ्य चौकीका इन्चार्ज कर्णबहादुर केसीले भने, 'दुर्गमका स्वास्थ्य संस्थामा रहेका प्रसूति केन्द्रमा उपकरण र दक्ष स्वास्थ्यकर्मी अभावले समस्या झन् थपिएको छ ।'
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाबाट रिफर गरेर पठाउनुपर्ने गर्भवती महिलामा सबैभन्दा बढी किशोर अवथामा गर्भवती हुनेछन् । विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन, विद्यालयस्तरका पाठ्यपुस्तकमा बालविवाहलाई निरुत्साहित गर्नेजस्ता पाठ्यवस्तु समावेश गर्दा यो समस्या कम हुँदै जाने कार्यालयकी स्टाफ नर्स हृदय पौडेलले बताइन् । उनले स्वास्थ्य संस्थामा प्रसूति गराउन नआउने गर्भवती किशोरीको ज्यान खतरामा हुने बताइन् । घनश्याम गौतम-इकान्तिपुर :