काठमान्डू आषाढ २६,
छोरा नजन्माएको भन्दै बहुविवाह गर्नेलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिपरा–७ बस्ने ३५ वर्षीय रामयाद मण्डल रहेको छ ।
१६ वर्षअघि बैवाहिक बन्धनमा बाँधिएको लक्ष्मीकुमारी मण्डलले दुई छोरी मात्र जन्माएका कारण परिवारबाट पटकपटक शारीरिक र मानसिक यातना खेप्दै आएकी उनले बताइन् । लक्ष्मीका अनुसार छोरी जन्माएकै कारण आपूmलाई पतिले पटकपटक कुट्ने र घरबाहिर निकाल्नेसमेत गरेको बताइन् । लक्ष्मीको ११ वर्षीया छोरी सम्झना र ६ वर्षीया रञ्जना रहेका छन् ।
लक्ष्मी माइत गएकी बेला रामयादले डाम्ही मडै–३ की २५ वर्षीया राधादेवी मण्डलसँग विसं २०७१ असार ६ गते अर्को विवाह गरेका थिए । जेठी श्रीमती लक्ष्मीको जाहेरीका आधारमा रामयादलाई पक्राउ गरी बहुविवाहसम्बन्धी मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । नेपालब्रिटेन: