कप्तान लुइजले देश र समर्थकसँग माफी मागे I

बेर्लो होरिजोन्टे असार २६ ,

जर्मनीसँग बेहोरेको स्तब्धपूर्ण हारपछि ब्राजिलका निमित्त कप्तान डेविड लुइजले आफ्नो  देश र समर्थकसँग मंगलबार माफी मागेका छन् । 

'हामीले आफ्नो  जीवनकै सर्वाधिक खराब खेल खेल्यौं, जर्मनीहरूको त्यसका ठीकविपरीत आफ्नो  जीवनकै राम्रो खेले,' लुइजले भने । नियमित कप्तान थियागो सिल्भाको अनुपस्थितिमा उनले टिमको नेतृत्व सम्हालेका थिए ।

सिल्भाले एक खेल प्रतिबन्धका कारण खेल्न पाएका थिएनन् । 'सेमिफाइनल अगाडिसम्म सबै राम्रो भइरहेको थियो । टिम पनि बलियो थियो, तर जर्मनीसँग सबै अनपेक्षित रहे,' लुइजले थपे, म आफ्ना समर्थकलाई खुसी तुल्याउन नसकेकामा दुःखी छु र देश र जनतासँग माफी माग्न चाहन्छु ।' पीएसजीका डिफेन्डर लुइजकै नेतृत्वमा ब्राजिलले डिफेन्स तयार पारेको थियो ।  एएफपी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com