चितवन समाज इजरायलको साधारण सभाबाट अधिकारी निर्वाचित I

तेल अभिव (इजरायल) श्रावन ८,

'सुमित्रा पौडेल आँचल ': चितवन समाज इजरायलको सम्पन्न साधारण सभाबाट श्रीमति शान्ति ज्ञावाली अधिकारीको नेतृत्वमा १७ सदस्यिय कार्यसमिती निर्बिरोध चयन गरेको छ । 

जसमा प्रथम उपाध्यक्ष बिष्णु पाण्डे , द्दित्तीय उपाध्यक्ष बसन्त बाँस्तोला , महासचिव सुमित्रा पौडेल "आँचल" ,सचिव सरिस्मा बराल ,कोषाध्यक्ष सिन्धु पौडेल , सहकोषाध्यक्ष प्रभा घिमिरे ,सदस्यहरुमा क्रमशः बिमला शर्मा ,केशब कार्की , कृष्ण शोती, डिना सुबेदी ,अन्जु ढकाल ,सिता लामिछाने , सिता अधिकारी , कमल गुरुङ , भगवती मल्ल र मनोज प्रधान निर्बिरोध चयन हुनुभएको छ । 

गत १५ फेब्रअरी २०१४ शनिवारका दिन इजरायलमा कार्यरत चितवनवासीहरुको एक भेलाले आफ्नो गृह जिल्लामा रहेका दूःखी ,पीडित र असहायहरुलाई सहयोग गर्ने हेतुले चितवन समाज इजरालयको तदर्थ समिति गठन गरेको थियो सोही तदर्थ समितीलाई साधारण सभा मार्फत संस्थालाई औपचारिक पुर्णता दिईएको हो । तदर्थ समितीकी अध्यक्ष शान्ति ज्ञावाली अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई महासचिव सुमित्रा पौडेल आँचलले सन्चालन गर्नुभएको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाकी सदस्य श्रीमती कमला ढकालले हाल सम्म संस्थामा आफु सक्रिय रहे पनि व्यक्तिगत कारण देखाई आगामी दिनमा बाहिरबाट सहयोग गर्ने प्रतिबद्धता जनाउदै उपस्थित सम्पूर्णलाई स्वागत तथा नव गठित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो । मन्तव्यको क्रममा बोल्दै प्रथम उपाध्यक्ष बिष्णु पाण्डेले संस्था स्थापना र यसको उद्येश्य बारे प्रकाश पार्नु भएको थियो । 

महासचिव श्रीमती सुमित्रा पौडेल आँचलले ५ महिना अबधिमा तदर्थ समितिले गरेका कार्य प्रगति विवरण पेश गर्नु भएको थियो साथै कोषध्यक्ष श्री बसन्त बाँस्तोलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।प्रस्तुत गरिएका प्रतिवेदनमा छलफल गरि सभाले पारित गरेको थियो । सौहार्द्रपूर्ण बातावरणमा सम्पन्न उक्त साधारण सभाले बिधान मस्यौदाको केहि बुंदा समेत हेरफेर र थप गर्ने , संस्थाको उद्येश्य अनुरुप योजना एवं कार्यक्रमहरुलाई प्रभावकारी गराउनका लागी समय समयमा स्काईप मार्फत चितवन बासीहरुसंग भेटघाट तथा सस्थाका गतिविधिहरु बारे प्रकाश पार्ने निर्णय गरेको छ । 

संस्थामा आएका सहयोगका निबेदनलाई छानबिनका आधारमा वास्तविकता पत्तालगाई सहयोग गरिने यस चितवन समाजलाई नेपाल सरकारसंग आबद्ध गराउन पहल गरिने निर्णयका साथै बिभिन्न देशमा स्थापित चितवन समाजसंग सामान्यय गरिने यसका लागि सबैको सहयोग र सल्लाहको आबस्यकता रहने भएकाले आ-आफ्नो ठाउबाट सक्रिय रहनु पर्ने औलाईएको थियो । कार्यक्रममा बक्ताहरुले नव गठित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com