साउन ०३
राजेन्द् आचार्य :
ईन्जिनियरहरुको हकहितका लागि सरकारले तत्काल ईन्जिनियर एन लागु गर्न माग गरिएको छ । नेपाल ईन्जिनिर्यस एशोसियसनको ५२ औ स्थापना दिवसको अवसर परेर ईन्जिनिर्यस एशोसियसन चितवन च्यापटरले ईन्जिनियर पेशाको सम्भावना र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै चितवनका अगुवा ईन्जिनियरहरुले यस्तो माग गरेका हुन् । उनीहरुले नेपाल सरकारले ईन्जिनियरहरु तलब सेवा सुविधा नदिदां समस्या भएको बताएका थिए ।
उनीहरुले ईन्जिनिर्यस काउन्सीललाई प्रमाणीकरण मात्र नभई उसका अधिकार स्थापित गर्न सबै ईन्जिनियरहरु एकजुट हुनुपर्नेमा जोड समेत दिएका थिए ।कार्यक्रममा बोल्ने अधिकाशं अगुवा ईन्जिनियरहरुले राज्यको निति तथा योजना निर्माण तहमा ईन्जिनियरहरुको भूमिका नबुझे सम्म देश विकास सभ्भव नभएको बताएका थिए । सो अवसरमा बोल्दै कार्यक्रममका प्रमुख अतिथि एवं ईन्जिनिर्यस एशोसियसन भरतपुरका सल्लाकार ई. माधव प्रसाद उप्रेतीले राष्ट्र निर्माण मेरुदण्डका रुपमा रहेका ईन्जिनियरहरुको प्राविधिक सहयोगलाई विर्सन नहुने बताए ।
नेपाल ईन्जिनिर्यस एशोसियसन चितवन च्यापटरका अध्यक्ष ई.ईश्वरी प्रसाद कौडालको अध्यक्षतामा सम्पन्न अन्र्तक्रिया संस्थाका सल्लाहकार ई. हरि भण्डारी विशेष अतिथि रहेका थिए । ईन्जिनिर्यस एशोसियसन चितवन च्यापटरका उपाध्यक्ष ई.राजेश कोईरालाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा संस्थाका सचिव इर्. शिवलाल चालिसे, ई.विराट घिमिरे, ई.भरत कुमार आचार्य लगायतले बोलेका थिए ।