यसपटकको एससलसीमा करिब ५ लाखभन्दा बढी विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये झन्डै ३ लाख विद्यार्थी अनुत्तीर्ण भए। अनुत्तीर्ण भएकामध्ये १० जनाले जीवन असफल भएको मान्दै आत्महत्या गरे भने हजारौं युवायुवती डिप्रेसनको सिकार भए। यो हिसाबले अनुत्तीर्ण भएका लाखौं विद्यार्थीको मानसिक अवस्था भयावह भएको अनुमान गर्न सकिन्छ।
एसएलसी अनुत्तीर्ण भएपछि आमा-बुवाको खर्च सदुपयोग हुन नसकेको, सरकारको लगानी खेर गएको कुरा बाहिर आउने गरेका छन्। कतिपयले एसएलसी अनुत्तीर्ण भएका युवाहरू आर्थिक तथा सामाजिक रूपमा माथि जान नसक्ने विश्लेषण पनि गरेको पाइन्छ। के एसलसीसी अनुत्तीर्ण हुनु जीवनमा असफल नै हुनु हो ? एसएलसी अनुत्तीर्ण भएपछि जीवन अघि बढ्न सक्दैन ? यसको खोजी गर्दै जाँदा साप्ताहिकले धेरै एसएलसी अनुत्तीर्णहरू पढेका मानिसभन्दा उच्च स्तरको जीवनयापन गरिरहेको फेला पार्यो। तीमध्ये काठमाडौंकी मुना रम्देलसँग साप्ताहिकको लामो कुराकानी भएको थियो। मुनाको अन्तर्वार्ताबाट स्पष्ट हुन्छ— एसएलसी परीक्षामा मात्र होइन, नेपाली समाजको बौद्धिक वर्गको सोच्ने संस्कारमै त्रुटि छ।
तपाईंलाई एसएलसी अनुत्तीर्ण भएकी केटी भन्दा कस्तो लाग्छ ?
हेपेजस्तो लाग्छ। स्कुल-कलेजको सर्टिफिकेटभन्दा हातमा सीप भएको मान्छे धेरै राम्रो हो।
एसएलसी परीक्षा अनुत्तीर्ण हुनु जीवन असफल हुनु हो ?
एसएलसी भनेको राजमार्ग हो। त्यहाँबाट धेरै ठाउँ जान सकिन्छ। राजमार्ग बन्द भयो भने सहायक बाटोबाट पनि आफूले चाहेको लक्ष्यमा पुग्नुपर्छ। मेरो विचारमा त्यो बाटो अझ छोटो हुन्छ र भीडभाड नहुने भएकाले लक्ष्यमा चाँडै पुगिन्छ। एसएलसी अनुत्तीर्ण हुनु भनेको असफल हुनु होइन, बरु जीवनमा चाँडै प्रगति गर्नु हो।
कसरी ?
एसएलसी उत्तीर्ण भएपछि अझै दुईदेखि पाँच वर्ष कलेज पढ्नुपर्छ। त्यो बेला अरूसँग खर्च माग्नुपर्छ। कलेज पढे पनि जागिर पाउने ग्यारेन्टी हुँदैन। फेरि दुई-चार वर्ष हल्लिएर विभिन्न सीप सिक्नुपर्छ। मेरा धेरै साथी ब्याचलर गरेपछि मसँग सीप सिक्न आइरहेका छन्। जब कि एसएलसी अनुत्तीर्ण भएपछि मान्छेले तुरुन्तै आम्दानीको बाटो खोज्छ। जसले समयमै लक्ष्य खोज्छ उसको प्रगति चाँडै हुन्छ।
यसपटकको एसएलसीमा अनुत्तीर्ण भएपछि १० जनाले आत्महत्या गरे। उनीहरूले किन आत्महत्या गरे होलान् ?
जुन आमा-बुबाले छोराछोरीलाई धेरै कडा अनुशासनमा राखे, पढाइबाहेक अर्को संसार नै छैन जस्तो गरे। उनीहरूलाई पढाइ नै सबैथोक हो भन्ने भान पारे, त्यस्ता अभिभावकका छोराछोरीले आत्महत्या गरेको हुनुपर्छ। नत्र एउटा परीक्षामा अनुत्तीर्ण हुनेबित्तिकै संसारै खत्तम भयो भन्ने कुरा उनीहरूको दिमागमा कसरी आयो ? म धेरै कुरा त जान्दिनँ, तर केचाहिँ दाबीका साथ भन्न सक्छु भने एसएलसी अनुत्तीर्ण हुनु विद्यार्थीको असफलता होइन, त्यो विद्यार्थीका अभिभावक एवं स्कुल अनुत्तीर्ण हुनु हो। यो सिस्टमको असफलता हो।
तपाईं पनि दुई पटक एसएलसी अनुत्तीर्ण हुनुभयो, तपाईं अनुत्तीर्ण हुनुभएको हो कि सिस्टम ?
हेर्दा त मुना नै अनुत्तीर्ण भएकी हो। हिजोआज यसो बुझ्दा के लाग्न थालेको छ भने म अनुत्तीर्ण भएकी होइन, परीक्षा लिने मान्छे र त्यो सिस्टम नै अनुत्तीर्ण भएको हो।
कसरी ?
म डिल्लीबजारको पद्मकन्या स्कुल पढ्थे। बुबाले जुत्ता सिलाएर भए पनि कहिल्यै हाम्रो पढाइमा खर्च गर्न डराउनु भएन। सबै सँगै पढ्थ्यौं, कोचिङ क्लास पनि हुन्थ्यो। तीमध्ये कोही उत्तीर्ण र कोही अनुत्तीर्ण कसरी हुन्छन् ? हो, म अंग्रेजीमा कमजोर थिएँ। यसरी हेर्दा म अंग्रेजीमा मात्र अनुत्तीर्ण हुनुपथ्र्याे तर म त तीनवटा विषयमा अनुत्तीर्ण भएँ। मभन्दा कमजोर विद्यार्थी भने उत्तीर्ण भए। त्यस्तो कसरी भयो होला भनेर सम्झदा लाग्छ- कतै न कतै गडबडी पक्कै छ।
दोस्रोपल्ट पनि त अनुत्तीर्ण हुनुभयो ?
पहिलोपल्ट रेगुलर स्कुल जाँदा त अनुत्तीण भइयो भने एक वर्ष पढाइ ग्याप भएपछि कसरी उत्तीर्ण हुनु ? त्यो बेला म साँच्चै कमजोर रहेछु भन्ने लाग्दो रहेछ। म यसै बिगि्रएँ, उसै बिगि्रए भनेर लत्तो छाडिँदो रहेछ। दोस्रो पटक चाहिँ नपढेरै अनुत्तीर्ण भएँ।
पहिलोपल्ट एसएलसी अनुत्तीर्ण हुँदा आत्महत्या गरौं जस्तो लागेन ?
लागेन। साथीहरू उत्तीर्ण भएपछि मिठाई बाँड्दै हिँड्दा खुसी बाँड्दै हिँड्दा मलाई निकै दु:ख भने लागेको थियो। आमाले हात समातेर हेर नानी, अनुत्तीर्ण भएँ भनेर चिन्ता नगर। अनुत्तीर्ण भएर के भो, तँ ज्ञानी छेस्। सिलाइ पनि गर्न थालेकी छेस् भनेर सान्त्वना दिनुभयो। अरूका आमा-बुवा भए सायद गाली गरेर तँ जीवनमा केही गर्न सक्दिनस् भन्थे होलान्। हामी दिदी-बहिनीलाई आमाले कहिल्यै पढाइ नै सबैथोक हो, अनुत्तीर्ण भयो भने जीवन बर्बाद हुन्छ भनेर कहिल्यै भन्नुभएन। कहाँ गई, के गरी, कुनै केटासँग पो छे कि भन्ोर कहिल्यै नचाहिँदो शंका पनि गर्नुभएन। गल्ती गरिहाले पनि प्रेमपूर्वक सम्झाउनुहुन्थ्यो। एसएलसी अनुत्तीर्ण हुँदा मलाई व्यक्तिगत चिन्ता लागे पनि आमाले त्यसलाई सामान्य घटना हो भन्ने पारिदिनुभयो। जबकि उहाँलाई पनि चिन्ता परेको रहेछ भन्ने कुरा हिजोआज भन्नुहुन्छ। घरमा यस्तो वातावरण भयो भने कुनै पनि बच्चाले आत्महत्या गर्दैन।
एसएलसी अनुत्तीर्ण भएपछि जीवन कसरी अघि बढाउने भन्ने चिन्ता त पक्कै भयो होला। आखिर एसएलसी जीवनको फलामे ढोका हो भन्ने कुरा त स्वीकार गर्नुहुन्छ नि, होइन ?
हो, फलामको ढोका नै हो। फलामको ढोकाबाट छिर्न सकिएन भने काठको ढोकाबाट छिर्नुपर्छ नि (हाँसो)। यो कुरा अभिभावकले अलि बढी ख्याल गर्नुपर्छ। मेरी आमालाई सायद मेरो पढाइ कमजोर छ भन्ने थाहा थियो क्यारे ! उहाँले एसएलसी दिनेबित्तिकै मलाई सिलाइ-कटाइको तालिममा पठाउनुभयो। मेरा साथीहरू एसएलसीपछिको फुर्सदमा घुम्न जान्थे, रमाइलो गर्थे, ब्याइफ्रेन्ड बनाएको भनेर फुर्ती झार्थे। म भने सिलाइ-कटाइको तालिममा व्यस्त थिएँ। जब अनुत्तीर्ण भएको परिणाम आयो, आमाले सिलाइलाई नै अघि बढाउन सुझाव दिनुभयो। अहिले आएर फलामको ढोकामा ब्रेक लागे पनि काठको ढोका यही सिलाइ-कटाइ नै बन्न पुग्यो।
आज तपाईं फेसन डिजाइनर हुनुभएको छ। आफ्नो प्रगति देख्दा अचम्म लाग्दैन ?
सामान्य नै लाग्छ। एसएलसी अनुत्तीर्ण भएपछि मैले कुनै न कुनै बाटो त समात्नैपर्ने थियो। सिकेको विषयलाई नै ध्यान दिएर काम गर्दा अहिले नाम र दाम दुवै कमाए।
एसएलसी उत्तीर्ण भएको भए हुन्थ्यो, यो काम गर्नुपर्दैनथ्यो भन्ने लाग्दैन ?
लाग्दैन, मसँगै पढेका साथीहरूमध्ये केहीले मैले ब्याचलर सकें तर काम पाइनँ, मलाई तेरो पसलमा काम दे न भन्दै आउँछन्। पढेका साथीहरूले त्यसो भन्दा म छक्क पर्छु। मभन्दा धेरै जान्ने, अझ चार-पाँच वर्ष राम्रो कलेजमा खर्च गरेर पढेकी साथी मसँग काम माग्न आउँदा त मैले जे गरें ठीक गरेछु भन्ने लाग्यो। त्यसयता राम्रो हुनकै लागि एसएलसी अनुत्तीर्ण भएछु जस्तो लाग्न थालेको छ।
तपाईंलाई एकपटक फलानो हिन्दी सिरियलमा फलानो कलाकारले लगाएको जस्तो ड्रेस बनाइदिनु भन्दा ठ्याक्कै बनाइदिनुहुन्छ रे, कसरी सिक्नुभयो ?
म एकपटक कुनै डिजाइन हेरें भने ठ्याक्कै टिप्न सक्छु। यो मेरो जन्मजात क्षमता हो।
फेसन डिजाइन पढ्न प्लस टु उत्तीर्ण गरेको हुनुपर्छ। त्यसपछि पनि चारवर्षे कोर्स गर्नुपर्छ। त्यो सर्टिफिकेट तपाईंसँग छैन। फेसन डिजाइनिङ कलेजमा पढ्न नपाएकोमा दु:ख लागेको छ ?
धेरै दु:ख लाग्छ। ती कलेजमा पढ्न पाएको भए अरूको ड्रेस नहेरी आफैं ड्रेस बनाउन सकिन्छ भन्ने सुनेको छु। एसएलसी अनुत्तीर्ण भएकाहरूलाई सिटिइभिटीले फेसन डिजाइनरको तीनमहिने तालिम दिन्छ। त्यही तालिम लिएका आधारमा मैले स्केच कोर्न, डिजाइन बनाउन सिकेकी थिएँ। म त्यसैका आधारमा डिजाइन गर्छु। चार वर्ष पढ्न पाएको भए त के-के गर्थें के-के भन्ने लाग्छ। तैपनि असन्तोषी हुनु हुँदैन, यत्तिकै राम्रो कमाइ भैरहेको छ भनेर चित्त बुझाउँछु।
तपाईंका अरू चार दिदी-बहिनी के गर्नुहुन्छ ?
दिदी स्टाफ नर्स हुनुहुन्छ। तीन जना बहिनीमध्ये एउटी बहिनी जागरण नेपालमा काम गर्छिन्। अर्की फाइन आर्टमा डिग्री गर्दैछिन्। कान्छीले होटल म्यानेजमेन्टको अध्ययन पुरा गर्न लागिन्। सबैले राम्रै गरेका छन्।
मैले भन्दा मेरा दिदी-बहिनीले धेरै पढें भनेर दु:ख लाग्दैन ?
लाग्दैन, बरु खुसी लाग्छ। किनभने मेरा तीन बहिनीलाई पकेट खर्च म नै दिन्छु। कहिलेकाहीँ उनीहरूको फी तिर्न बुवा-आमालाई गाह्रो पर्छ। मसँग धेरै पैसा हुँदैन, तर खोजखाज गरेर बुवालाई दिन्छु। मलाई ऋण पत्याइदिन्छन्। त्यो बेला साह्रै खुसी लाग्छ। चाडपर्वमा पनि म घरमा खर्च दिन्छु। दिदी स्टाफ नर्स हुनुभएकाले खर्च त दिनु पर्दैन तर जन्मदिन र अन्य बेलामा उपहार दिन पाइन्छ। आफू सानो भए पनि बेलैमा आम्दानी गर्न थालेकाले घरमा इज्जत छ भनेर खुसी लाग्छ। सबैभन्दा धेरै खुसी कतिबेला लाग्छ थाहा छ ?
भन्नुस् न।
मभन्दा धेरै पढेका दिदी र मेरी बहिनीभन्दा म धेरै कमाउँछु। राम्रो काम गर्छे भनेर ग्राहक खुसी हुन्छन्। त्यो बेला धेरै खुसी लाग्छ। बेलैमा राम्रो काम समाएछु जस्तो लाग्छ।
तपाईंको गुन्यू-चोलो फेसन हाउसमा कति जना कर्मचारी छन् ?
पहिले तीन जना कर्मचारी राखेकी थिएँ, तर हातमा सीप भएका मान्छे लामो समय बस्नै नमान्ने। बल्ल-बल्ल काम सिकाएर तयार पार्यो, उनीहरूबाट काम लिने बेला आफै टेलर्स खोल्न थाल्छन्। म थोरै पढेका कारण हुनसक्छ, कतिपय ग्राहकसँग राम्रोसँग संवाद गर्न सक्दिनँ। मलाई फरर अंग्रेजी बोल्ने मान्छे पनि चाहिएको थियो। त्यही भएर ग्राजुएट गरेकी एउटी बहिनी र मजस्तै एसएलसी अनुत्तीर्ण भएकी साथीलाई साझेदार बनाएकी छु। दुवै जना फेसन बुझेका र मेहनत गर्ने किसिमका छन्। साझेदार राखेपछि थप प्रगति भैरहेको छ।
जीवनको लक्ष्य पूरा भयो, विवाह गर्न मन लागेको छैन ?
मेरा केही साथीले राम्रा केटासँग विवाह गरेका छन्। दुई-तीन सन्तानका आमा बनेका छन्। उनीहरू हामीले विवाह गरेर दु:ख पायौं, सीप पनि भएन, जागिर पनि भएन। पढाइ मात्र भयो भनेर गुनासो गर्छन्। विवाह भन्ने कुरा आफैंले भनेर नहुने रहेछ। केही केटा मलाई मन पर्थे, उनीहरूलाई म मन नपर्ने, केही मलाई चित्त नबुझ्ने। असल केटा पाए विवाह त गर्नैपर्छ भन्ने लाग्छ।
कतिपय केटाले तपाईं एसएलसी अनुत्तीर्ण भएका कारण विवाह गर्न नमानेको अनुभव गर्नुभएको छ ?
पढेलेखेकी बेरोजगार केटीभन्दा आफैं कमाउन सक्ने केटीसँग विवाह गर्नु राम्रो होइन र ? हामी तीनै जना साझेदार अविवाहित छौं। हामी एक-आपसमा कहिलेकाहीँ ठट्टा पनि गर्छौं, हामीलाई पाउने केटा कति भाग्यमानी हुन्छ होला भनेर। जसले विवाह गर्न मानेन उसलाई त म विचरा नै भन्छु। सर्टिफिकेटले खान दिने भए मेरा साथीहरू किन दु:खी हुनुपथ्र्यो। सर्टिफिकेट नै सबैथोक हो र ?
फेसन डिजाइनमा थप अध्ययन गर्ने अवसर पाउनुभयो भने पढाइ सुरु गर्नुहुन्छ ?
सर्टिफिकेटका कारण पाउँदिनँ भन्ने थाहा छ। तैपनि त्यस्तो मौका मिल्यो भने दिनको दुई-तीन घण्टा पढ्छु जस्तो लाग्छ। फुल टाइम त दिन पाउँदिनँ। मेरा आफ्ना ग्राहक छन्, आफ्ना जिम्मेवारी छन्। त्यो पनि पूरा गर्नुपर्छ।
_ अश्विनी कोइराला-साप्ताहिक :