खोटाङ श्रवन ६,
खुकुरीमा धार लगाउने क्रममा लडेर सोही खुकुरी छातीमा रोपिँदा खोटाङमा एक बालकको ज्यान गएको छ। राजापानी–७ का प्रेमबहादुर राईका ११ वर्षीय छोरा प्रदीप राई सोमबार बेलुका पिँडीमा बसेर खुकुरीमा धार लगाउँदै गर्दा चिप्लिएर खुकुरीमाथि लडेर छातीमा घोपिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
छातीमा गहिरो चोट लागेका उनको घटनास्थलमै ज्यान गएको स्थानीयवासीको भनाइ छ। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले बताए। उनका अनुसार घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरीको टोलीसमेत खटाइएको छ। रासस: