अमेरिकाको न्युयोर्कमा भएको विश्व 'हेन्डराइटिङ' प्रतियोगिता २०१४ मा काठमाडौं ओमबाहलकी १२ वर्षीय स्वर्णीम शाक्य प्रथम भएकी छिन्।
जेम्स स्कूलकी छात्रा शाक्यले १३ देखि १९ वर्ष समूहको 'आर्टिस्टिक हेन्डराइटिङ' प्रतियोगितामा प्रथम स्थान हात पारेको प्रतियोगिताको आधिकारिक वेबसाइटले जनाएको हो।
यसअघि ८ देखि १२ समूहको कर्सिभ हेन्टराइटिङ प्रतियोगितामा उनले दोस्रो स्थानमा चित्त बुझाएकी थिइन्।
साभार-नागरिक बाट