काठमाडौं श्रवन ६,
आपत्कालीन गर्भपतन गराएको झन्डै एक महिनापछि एक महिलाको मृत्यु भएको विषयलाई लिएर मोरङ प्रहरीले मेरीस्टोप सेन्टर इटहरीका सिनियर मेडिकल अफिसर डा. सूर्यदेव साहलाई १० दिन हिरासतमा राखेर यातना दिएपछि पीडित डाक्टरले मेडिकल काउन्सिलसँग गुहार मागेका छन्।
छोरा नपाएकाले पतिबाट यातना सहँदै आएको भनिएकी मोरङ हरैचाकी २५ वर्षीया रीता श्रेष्ठको मृत्यु भएको प्रकरणमा माइती पक्षले भने पति पूर्णबहादुर श्रेष्ठले हत्या गरेको आरोप लगाएको छ। गत वैशाख १२ गते गर्भपतन गराएकी रीताको जेठ ३ गते मृत्यु भएको थियो। प्रहरीले ज्यादती गरेको विषयमा मेडिकल काउन्सिलको केन्द्रीय टोलीले अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले भने प्रारम्भिक अनुसन्धानका क्रममा डा. साह घटनामा दोषी भएको आशंकामा उनलाई पक्राउ गरिएको दाबी गरेको छ। प्रहरीले रीता एक्टोपिक प्रिगेन्सी (पाठेघरभन्दा फरक स्थानमा गर्भ बसेको बच्चा) हुँदा पनि बच्चा ननिकाली घर पठाएको भन्दै साहलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ। तर माइती पक्षले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पोस्टमार्टम हिस्टोप्याथोलीले भने ती महिलालाई एक्टोपिक प्रिगेन्सीको समस्या नभएको पुष्टि गरेको छ। प्रहरी उपरीक्षक विश्व पोखरेलले भने, 'प्रारम्भिक अनुसन्धानका आधारमा साहले उपचारमा लापरबाही गरेको पाइएपछि पक्राउ गरिएको हो। यो अधिकार हामीलाई कानुनले दिएको छ।' रीताका बुबा गोपाल श्रेष्ठले ज्वाइँले छोरा नपाएको भन्दै कुटपिट गरेपछि आफ्नी छोरीको मृत्यु भएको बताए। रीताका दुई छोरी छन्।
काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले घटना गम्भीर भएकाले आफू सत्यतथ्य पत्ता लगाउने कोसिसमा रहेको बताए। यस प्रकरणमा नेपाल चिकित्सक संघ मोरङले पनि छानबिन सुरु गरेको छ। नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले साहमाथि ज्यादती भएकाले अनुसन्धान अगाडि बढाउन आवश्यक रहेको बताए।
'घरमा औषधि खाई रक्त श्राव भइरहेको अवस्थामा रीता सेन्टरमा आएकी थिइन्। उनको अनकम्प्लिट एबोर्सन (पाठेघरबाट भ्रूणको टुक्रासहित रगत बगिरहेको अवस्था) थियो। त्यसपछि उनका श्रीमान्लाई जानकारी गराएर मैले उनको पाठेघर सफा (पोस्ट एर्वासन कियर) गरेर केही समस्या परेमा तत्काल आउनु भनी फोन नम्बर दिएर पठाएको थिएँ, 'साहले भने, 'तर केही दिनपछि उनका बुबा मेरी छोरीलाई ज्वाइँले मा:यो भन्दै आउनुभयो र पोस्टमार्टमका लागि यसअघिको स्वास्थ्य जाँचको रिपोर्ट माग्नुभयो। हामीले रिपोर्ट उहाँको हातमा पार्यौं। त्यसको केही दिनमै मलाई पक्राउ गरियो।'
मृतक रीताकी आमा रत्नमाया श्रेष्ठले इलाका प्रहरी कार्यालय बेलबारीमा ज्वाइँले छोरी मारेको भन्दै कारबाही मागसहित उजुरी दिएकी थिइन्। तर त्यसलाई उल्ट्याउँदै ज्वाइँले प्रहरीसँग मिलेर केही दिनपछि साहलाई नियन्त्रणमा लिएको रीताका बुबा गोपालले बताए। कर्तव्य ज्यान मुद्दासमेत खेपेका साहले भने, 'अनुसन्धान गर्दा म दोषी भए कारबाही गर्नुपथ्र्यो तर मलाई बिनाप्रमाण हिरासतमा लगेर हत्यारालाई जस्तै सजाय दिइयो। यसले मेरो काम गर्ने मनोबल गिरेको छ। यस विषयमा काउन्सिलले छानबिन गरी मलाई न्याय दिनुपर्छ।'
हिरासतमा राखेको तीन दिनपछि पुर्जी थमाइएका उनलाई सात हजार धरौटीमा तारेखमा रिहा गरिएको छ। कार्यस्थलबाटै चिकित्सकलाई पक्राउ गर्ने अधिकार नेपालको कुनै पनि कानुनले नदिएको कानुनविद् बताउँछन्। 'नेपालमा यससम्बन्धी कानुन नै छैन। अन्तर्राष्ट्रिय कानुनले यसलाई गलत ठहर गरेको छ', मेडिकल लका अधिवक्ता रमेश पराजुलीले भने, 'प्रहरीले नेपालमा कानुनी रिक्तताको फाइदा उठाएर चिकित्सा क्षेत्रको वातावरण खल्बल्याउने काम गरेको छ। यो अत्यन्तै गलत अभ्यास हो।'_दिपक दाहाल-अन्नपूर्ण: