"अ.ने.सा.स.कोलोराडो च्याप्टरद्वारा २०१ औं भानु जयन्ती सफलतापुर्वक सम्पन्न '' I

कोलोराडो प्रतिनिधी श्रावन ६,

 जुलाइे २०/ अ.ने.सा.स. कोलोराडो च्याप्टरले २०१ औं भानु जयन्ती बिभिन्न कार्यक्रमको साथमा सफलता पुर्वक आइेतबार जुलाइे २० तारिखका दिन ब्रुम्फिल्डस्थित बम्बै प्यालेस रेष्टुरेन्टमा सम्पन्न गर्‍यो।कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.खगेन्द्र लुइंटेल हुनुहुन्थ्यो । 

अतिथि आसन ग्रहणको क्रममा साहित्यकार मोहन सिटौलाज्यु,कवि तथा गीतकार गोपालजी नेपाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा हालै चयन हुनुभएका केन्द्रिय अध्यक्ष श्री पदम विश्वकर्माज्यु हुनुहुन्थ्यो भने उक्त कार्यक्रमको सभापतित्व च्याप्टरकी अध्यक्ष आचार्य प्रभाले गर्नु भएको थियो । कार्यक्रमको प्रथम चरणमा च्याप्टरका महासचिव कपिल सुबेदीज्युले स्वागत भाषाण गर्नु भएको थियो।आदिकविद्वारा रचित कविताका दुई हरफ बाचन गर्दै कार्यक्रमको श्री गणेश संचालिका तारा अधिकारीबाट भएको थियो भने कार्यक्रमको शुरुमा आदिकवि भानुभक्तको तस्बिरमा माल्यार्पण तथा श्रद्धा सुमन चढाइेको थियो।यसैगरी भानुभक्तको जीवनी साहित्यकार मोहन सिटौलाज्युले प्रस्तुत गर्नु भएको थियो । 
सोही कार्यक्रममा कवि तथा गीतकार श्री गोपालजी नेपालीज्युका "सूर्य किरण गीतिकाब्य" र "कोपिला खण्डकाब्य" बिमोचन प्रा.डा.खगेन्द्र लुइंटेलज्युद्वारा गरिएको थियो।बिमोचन अगावै सर्जक गोपालजी नेपालीज्युको छोटो परिचय कार्यक्रम संचालिका तारा अधिकारीले प्रस्तुत गर्नु भएको थियो भने वहाँलाई खादा ओढाएर आचार्य प्रभाले सम्मान गर्नु गर्नुभएको थियो । गोपालजी नेपालीज्युले आफ्नो छोटो बक्तब्यमा आफ्ना कृति "सूर्य किरण"गीति काब्यमा समाजमा चली रहेको जात-पात छुवाछुतलाई इेङित गरेर देवकोटाको "मुना मदन"कृतिबाट प्रभावित भइे यो कृतिको जन्म भएकोपनी बताउनु भएको थियो।पुस्तक बिमोचनकै क्रममा डा.बिजयराज शर्माज्युले साहित्यकार मोहन सिटौलाज्युको जीवनी बारे चर्चा गर्नु भयोभने वहाँकै नयाँ कृति "नयाँ मुलुकको नाद"को बिमोचन डा खगेन्द्र लुइंटेलज्युले गर्नु भयो । 

वहाँले पनि आफ्नो कृतिको बारेमा छोटो जानकारी दिनुभएकोथियो।बिमोचन अघी वहाँलाई पनि खादा ओढाएर कोलोराडोको तर्फबाट सम्मान गरिएको थियो । परिचयकैक्रममा पदम विश्वकर्माज्युले प्रमुख अतिथि समालोचक प्रा.डा.खगेन्द्र लुइंटेलको बारेमा जानकारी दिनु भएको थियो । कोलोराडोबासीको तर्फबाट वहाँलाई सम्मान गर्दै आचार्य प्रभाले खादा ओडाएर सम्मानपत्र प्रदान गर्नु भएकोथियो । उक्त सम्मान पत्र सचिव दामोदर लुइंटेलले पढेर सुनाउनु भएको थियो।यसरी डा.लुइंटेलज्युले भानुलाई सम्बोधन गर्नु हुँदै भानुका बारेमा केही चर्चाको साथमा डायोस्पोरा साहित्यबारे छोटो जानकारी दिनु भयो र प्रवासमा रहेर पनि नेपाली भाषा,साहित्यको नाममा समर्पित नेपालीहरुप्रती क्रितज्ञ बन्नु हुँदै कोलोराडोबासी नेपालीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रमको मध्यतिर रचना बाचनको कार्यक्रम थियो।रचना बाचन गर्नुहुनेहरुमा गजलकार भुपेन्द्र महत,देव भट्टराई,पुराना घरे र कृष्णमुरारी ढुङेल हुनुहुन्थ्यो । यस् कार्यक्रमको आकर्षक नै भानुको बिषयमा केन्द्रित हुनु र अतिथिका रुपमा उपस्थित हुनु भएका प्रा.डा.खगेन्द्र लुइँटेलज्यु र साहित्यकार तथा पुर्व अध्यक्ष मोहन सिटौलाज्युका साहित्यिक/समिक्षात्मक उद्गारहरु श्रवण गर्नु थियो । कार्यक्रमका अन्तिममा अ.ने.सा.स. केन्द्रिय अध्यक्ष पदमा चयन हुनुभएका पदम विश्वकर्माज्यु,नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठज्यु,तमु धिका अध्यक्ष रमेश गुरुङज्युले आफ्ना मन्तब्य प्रस्तुत गर्नु भएको थियो । 

नेवा:दबुका अध्यक्ष श्री भुषण श्रेष्ठज्युकोपनी उपस्थिती रहेको थियो । कार्यक्रमको बिट मार्दै च्याप्टरकी अध्यक्ष आचार्य प्रभाले उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुप्रती आभार ब्यक्त गर्दै यस् कार्यक्रममा अग्रज गजलकार श्री मनु ब्राजाकीज्युको अस्वस्थ्यताले आजको कार्यक्रममा केही कमी महशुस भएको र वहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध गरिदिनु भइे तस्बिरहरु समेत लिइेदिनु भएर श्री राजेन्द्र सिग्देलज्युले र केशब आचार्यज्युले यस् च्याप्टरलाई अनुग्रिहित बनाउनु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com