आषाढ २६,
विश्वकप उपाधिका लागि अर्जेन्टिना जर्मनीसँग भीड्ने
साओ पाओलो : दुई पटको विश्वविजेता अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराएपछि अर्जेन्टिना विश्वकपको फाइनल खेल खेल्ने यात्रा पक्का गरेको हो। बिहीबार विहान ब्राजिलमा भएको सेमीफाइनल खेलमा तोकिएको ९० मिनेट तथा थप गरिएको समयमा समेत दुवै पक्षबाट गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा गरिएको थियो।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनी गोलकिपर रोमेरोले नेदरल्याण्डका खेलाडी भ्लार र स्नेइडरको पेनाल्टी बल रोकिदिएर अर्जेन्टिनालाई फाइनलमा पुर्याए। यता, अर्जेन्टिनाको तर्फबाट लिओनल मेस्सीका साथै अजिकियो ग्राइ, सर्जिओ एग्युरो र म्याक्सी परेराले नेदरन्याण्ड्सलाई पेनाल्टी सुटआउटमा गोल गर्न सफल भए।
यो जितसँगै अर्जेन्टिना २४ वर्षपछि विश्वकपको फाइनल प्रवेश गरेको छ। यसअघि सन् १९७८ मा नेदरल्यान्ड्सलाई नै फाइनल खेलमा पराजित गरेर अर्जेन्टिना पहिलोपटक विश्वविजेताको उपाधी जितेको थियो भने त्यसपछि १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा वेष्ट जर्मनीलाई ३-२ गोलले हराउदै दोस्रोपल्ट विश्वविजेता बनेको थियो।
अब ब्राजिलको फाइनल खेलमा अर्जेन्टिना लियोनल मेस्सीको नेतृत्वमा विश्वकप उपाधिको लागि जर्मनीसँग भीड्नेछ। यसअघि अर्जेन्टिनाले सन् १९९० मा भएको विश्वकपको फाइनलमा जर्मनीसँग १-० गोलले हार व्यहोर्नु परेको थियो। यता, जर्मनी पनि घरेलु टोली ब्राजिललाई ७-१ अन्तरको फराकिलो गोल वर्षा गराउदै विश्वकपको फाइनलमा पुगिसकेको छ। -एजेन्सी :