काठमाडौं साउन ०१,
छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही माग गर्दै दुई सय ६४ दिनदेखि अनशनमा रहेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र पत्नी गंगामायालाई वीर अस्पतालले खुवाउँदै आएको टोटल प्यारेन्टाइन न्युट्रसन टिपिएन (पोषणयुक्त औषधि) दिन छाडेको छ। यो औषधिले नै हालसम्म अधिकारी दम्पतीको जीवन बचाएको थियो।
अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीका अनुसार रकम अभावका कारण यो औषधि दिन छाडिएको हो। यसअघि अधिकारी दम्पतीको उपचार खर्चको जिम्मेवारी वीर अस्पतालले लिने र त्यसका लागि सरकारले सहयोग गर्ने सहमति भएको थियो। सेन्चुरीले भने, 'सहमतिअनुसार उपचार गर्दै आएका थियौं, तर स्वास्थ्य र गृह मन्त्रालयबाट सहयोग भएन। औषधिपसलले हामीलाई टेरेन, त्यसको विकल्प हामीसँग पनि भएन।'
अस्पतालले उक्त औषधि खरिद गर्दा मात्र २१ लाख रुपैयाँ ऋण लागेको जनाएको छ। पुरानो भुक्तानी नदिएसम्म औषधि पसलले औषधि नदिएको र अधिकारी दम्पतीको उपचारका लागि अस्पतालको ६ लाख रुपैयाँ खर्च गरेको उनको भनाइ छ। 'जीवन जोखिममा परेको थाहा हुँदाहुँदै पनि रकम अभावमा हामीले उनीहरूलाई औषधि दिन सकेनौं, यसको जिम्मेवारी सरकारले लिनुपर्छ', सेञ्चुरीले भने, 'बिरामीको उपचार गर्न हामी सहयोग गर्छौं भन्ने तर फर्केर नहेर्ने सरकारको बानीले हामीलाई समस्या पार्यो।'
स्रोतका अनुसार सघन उपचार कक्षमा उपचार गराइरहेका अधिकारी दम्पतीले यो औषधि नपाएको झन्डै महिना दिन बितिसकेको छ। वीर अस्पतालले लामो समयदेखि आफ्नै परिसरमा रहेको हनुमान फर्माबाट टिपिएन खरिद गर्दै आएको थियो। टिपिएनको अभावपछि अधिकारी दम्पतीको शरीर कमजोर भएको र जुनसुकै बेला दु:खद घटना हुनसक्ने स्रोतको दाबी छ। टिपिएन दिन बन्द गरिएपछि उनीहरूको शरीरमा स्लाइनबाट थोरै मात्रामा ग्लुकोज र प्रोटिन पठाइएको छ। जुन टिपिएनजस्तो प्रभावकारी मानिँदैन।

_ अन्नपूर्णबाट: