चेपाब वालवालिकालाई कपडा सहयोग I

रत्ननगरआषाढ २८,

वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहनुभएका नविन सागर सापकोटाले गामवेसीको चेपाब संरक्षण केन्द्रमा आश्रित चेपाब वालवालिकालाई सत्ताकपडा सहयोग गर्नुभएको छ ।

नवलपरासीको गैडाकोट निवासी सापकोटाको पहलमा जापानमा संकलन गरिएको कपडा आज केन्द्रलाई हस्तान्तरण गरिएको हो । त्यसैगरी अमेरिका रहनुभएका कृष्ण पौडेलले खाद्यान्न खरिदको लागि १० हजार रुपैया सहयोग गर्नुभएको के न्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।

भर तपुर भरतपुर निवासी कृष्ण ढकालले सो रकम केन्द्रका अध्यक्ष शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । केन्द्रमा हाल चितवन र मकवानवुरका ७० जना चेपाब वालवालिका आवासीय सुविधा सहित अध्यन गरिरहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com